शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भारतले झमेला गर्‍यो, नदी सर्‍यो भनेर सीमा सार्ने र सानो चित्त गर्ने होइन : केपी ओली

शुक्रबार, १८ कात्तिक २०७९, १४ : ५५
शुक्रबार, १८ कात्तिक २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छिमेकी मुलुक भारतलाई भूगोलमा ठुलो भएर सानो चित्त नबनाउन आग्रह गरेका छन् ।  शुक्रबार दार्चुलामा भएको एमाले चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले 

दार्चुलाका समस्याहरू आफूलाई थाहा भएको भन्दै तिङकर भन्ज्याङको चीन जोड्ने बाटोका लागि ७०,७५ किलोमिटर चट्टान खोलेर तिङकरसम्म सडक पुर्‍याउनुपर्ने बताए । उनले भारतले अनावश्यक ढंगले बाटो बनाएर झमेला गरेको पनि बताए । 

‘हामी आफै बनाउने थियौं तर भारतले हाम्रो भूभागबाट अनावश्यक ढंगले बाटो बनाएर बेकारको झमेला निकाल्यो’, पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘म भारतलाई अहिले पनि भन्न चाहन्छु– नदी वर्तिर सर्‍यो भनेर सीमा वर्तिर सर्ने होइन । पहिला नदी भएका ठाउँमा भारतले बाँध लगाउने होइन । ठुलो भारतको सानो चित्त हुनुहुँदैन । ठुलो भारतले सानो चित्त गर्ने होइन, खोलो उता सरो कि सिमाना सारिहाल्ने ? यति विशाल भारत छ, यत्ति सिमाना सार्छ, यो सुहाउँदैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप