कविता : युद्धको छायाँ
शनिबार, १९ कात्तिक २०७९, ०६ : १९
आकाश उज्यालो हुनुपर्ने
कालोपोतो दलेर
राक्षसी किन भएको होला ?
पूर्वमा लाली हैन, ज्वारभाटा उठेको छ
क्रिमियामा यतिबेला ।
प्रिय कविका शब्दहरू भोकै छन््
मेरो आँखाका परेला काँचै छन्
युद्धमा दुईवटा लडाकु विमान चिप्लिएर
नदीलाई विकृत पारेका छन्
खेतबारीमा बालीनाली बाँझै छन् ।
समयको उचित मौसममा
घाँसको अनुचित गला रेटिएको छ
उल्टो सपना संस्करणमा
गाईवस्तु र चरनका खर्कहरू
तोपका गोलाले भरिएका छन्
गोलीका पुराना खोकाका टुक्रा
पानी बनेर धाराबाट तपतप चुहिन्छन्
तिमीलाई खाली हात देखाएर
अनौठो सलाममा
खाली उपत्यकामा
आकाश लम्बिदै छ
तिम्रो पछाडि छायाँ छ युद्धको ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
-
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
-
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन
-
नेटोले स्वीडेन र फिनल्याण्डमा सुरक्षा सतर्कता बढायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण