शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कविता : जाग जाग हे युवा तिमी

शनिबार, १९ कात्तिक २०७९, ०६ : २३
शनिबार, १९ कात्तिक २०७९

जाग जाग हे युवा तिमी 
बिहानीको पहिलो किरण सरी 
उठ उठ  हे युवा तिमी 
अन्याय विरुद्ध लड्ने गरी । 

जाग जाग हे युवा तिमी 
आगोको झिल्को सरी 
लड लड हे युवा तिमी 
परिवर्तनको सम्बाहक बन्ने गरी । 

जाग जाग हे युवा तिमी 
सामन्तवाद विरुद्धको खलनायक सरी 
भिड भिड  हे युवा तिमी 
सर्वहारा वर्गको नायक बन्ने गरी ।

जाग जाग हे युवा तिमी 
उत्पीडितहरुको रक्षक सरी
बोक बोक कलम हे युवा तिमी 
दुश्मनको किल्ला ध्वस्त पार्ने गरी

केन्द्रिय सदस्यः अखिल (क्रान्तिकारी)  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप