शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

लस एन्जलसलाई पहिलो उपाधि

आइतबार, २० कात्तिक २०७९, ०९ : ०३
आइतबार, २० कात्तिक २०७९

अमेरिकाको मेजर लिग सकर एमएलएस कपको उपाधि लस एन्जलस एफसीले जितेको छ । आइतबार बिहान फिलाडेल्फिया युनियनलाई पेनाल्टी सुटआउटमा ३–० गोल अन्तरले हराउँदै लस एन्जलसले उपाधि जितेको हो ।

खेलको निर्धारित र थपिएको अतिरिक्त समय ३–३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा लस एन्जलसका सान्चेज, रायन र डेनिसले गोल गरे । क्रिस्टियनले गोल गर्न सकेनन् ।युनियनका काइ वाग्नेर, जोसे मार्टिनेज र डानिल पेनाल्टीमा चुके ।

लस एन्जलसको यो पहिलो उपाधि हो । पेनाल्टी अघि युनियनका ज्याक इलिओटले दुई तथा डानिलले एक गोल गरेका थिए । लस एन्जल्सका ग्यारेथ बेल, एकोस्टा र जिससले गोल गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप