‘शान्ति बिना जलवायु नीति प्रभावकारी हुँदैन’
बुधबार, २३ कात्तिक २०७९, ०८ : ३०
युक्रेनमा रुसी आक्रमणले विश्वलाई जलवायु परिवर्तनसँग लड्ने प्रयासबाट विचलित गरेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । मंगलबार इजिप्टमा कोप २७ जलवायु सम्मेलनमा एक भिडियो सन्देशमार्फत राष्ट्रपति जेलेन्स्की यस्तो धारणा राखेका हुन् ।
युक्रेनमा रुसले गरेको आक्रमणको विश्वव्यापी ऊर्जा आपूर्ति, खाद्यान्नको मूल्य र युक्रेनको जङ्गलमा परेको प्रभावलाई प्रकाश पार्दै उनले भने, ‘शान्ति बिना कुनै जलवायु नीति हुन प्रभावकारी सक्दैन । ’
उनले भने ‘रुसी युद्धले एक ऊर्जा सङ्कट ल्याएको छ जसले दर्जनौँ देशहरूलाई आफ्ना जनताको लागि ऊर्जा मूल्य कम गर्न कोइलाबाट चल्ने ऊर्जा उत्पादन पुनः सुरु गर्न बाध्य पारेको छ । ’ केही दिनअघि रुसले गरेको आक्रमणमा युक्रेनका महत्त्वपूर्ण पूर्वाधारमा ठुलो क्षति भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण