सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

‘शान्ति बिना जलवायु नीति प्रभावकारी हुँदैन’

बुधबार, २३ कात्तिक २०७९, ०८ : ३०
बुधबार, २३ कात्तिक २०७९

युक्रेनमा रुसी आक्रमणले विश्वलाई जलवायु परिवर्तनसँग लड्ने प्रयासबाट विचलित गरेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।  मंगलबार इजिप्टमा कोप २७ जलवायु सम्मेलनमा  एक भिडियो सन्देशमार्फत राष्ट्रपति जेलेन्स्की यस्तो धारणा राखेका हुन् । 

युक्रेनमा रुसले गरेको आक्रमणको विश्वव्यापी ऊर्जा आपूर्ति, खाद्यान्नको मूल्य र युक्रेनको जङ्गलमा परेको प्रभावलाई प्रकाश पार्दै उनले भने, ‘शान्ति बिना कुनै जलवायु नीति हुन प्रभावकारी सक्दैन । ’

उनले भने ‘रुसी युद्धले एक ऊर्जा सङ्कट ल्याएको छ जसले दर्जनौँ देशहरूलाई आफ्ना जनताको लागि ऊर्जा मूल्य  कम गर्न कोइलाबाट चल्ने ऊर्जा उत्पादन पुनः सुरु गर्न बाध्य पारेको छ । ’ केही दिनअघि रुसले गरेको आक्रमणमा युक्रेनका महत्त्वपूर्ण पूर्वाधारमा ठुलो क्षति भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप