टाइगरसँगको मनमुटावले रोकियो करणको फिल्म
बलिउड निर्माता तथा निर्देशक करण जोहरले अभिनेता टाइगर श्राफका साथ फिल्म ‘स्कू ढीला’को घोषणा गत जुलाईमा गरेका थिए । यो फिल्मको टिजर पनि सार्वजनिक भएको थियो ।
एक्सन फ्लेभरको फिल्म भनिए पनि टिजर सार्वजनिक भएपछि कुनै नयाँ अपडेट बाहिर आएन । अहिले यो फिल्मको निर्माण कार्य अनिश्चितकालका लागि रोकिएको खबर बाहिर आएको छ । समाचार अनुसार करण र टाइगरबीच पारिश्रमिकलाई लिएर सहमति जुट्न नसकेपछि फिल्मको काम रोकिएको हो ।
फिल्म ‘स्टुडेण्ट अफ द इयर २’ पछि करणले टाइगरसँग एक फूल फ्लेज एक्सन फिल्म गर्ने चाहना राखेका थिए र त्यसका लािग ‘स्क्रु ढिला’को घोषणा गरेका थिए ।
टाइगर यो फिल्मका लागि निकै उत्साहित थिए । त्यही कारण करणसँग पारिश्रमिकको विषयमा टाइगरले कुरा गरेका थिएनन् । तर टाइगरको टिमको एक सदस्यबाट टाइगरले ३० करोड रुपैयाँ मागेको कुरा सुनेपछि करण चकित परेको बताइन्छ ।
करणले टाइगरको टिमलाई महामारी र मन्दीका कारण कोही पनि निर्माता कलाकारलाई यति पारिश्रमिक दिन नसक्ने भन्दै फकाउन खोजेका थिए । तर पनि टाइगर आफ्नो अडानबाट पछि हटेनन् । अन्ततः करणले फिल्मको काम अनिश्चितकालका लागि रोक्ने निर्णय लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण