शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मेलामा प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा आठ जना पक्राउ

बुधबार, २३ कात्तिक २०७९, १२ : ५२
बुधबार, २३ कात्तिक २०७९

सिन्धुलीको मरिण गाउँपालिका–७ ठाँटी कमलेश्वर महादेव मन्दिरमा पूर्णिमाको अवसरमा परम्परागत बत्ती बाल्ने मेलामा प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा आठ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही गाउँपालिका–७ बस्ने २९ वर्षीय साँगे लो लगायत छन् । उनीहरूलाई गए राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरेका उनीहरूले डिउटीमा खटिएको प्रहरी टोलीमाथि अपशब्द प्रयोग गर्दै गाली गलोज गर्ने, प्रहरीको हतियार खोस्ने प्रयास लगायतका अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।  घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप