५ करोड लागतमा नेपालमै बन्दै एनिमेटेड फिल्म ‘चन्द्रागिरी वारियर्स’
‘द लायन किङ’, ‘टोय स्टोरी’, ‘मिनियन्स्’ जस्ता हलिउडका एनिमेटेड फिल्मले विश्वभर अर्बौं कमाई गरेका छन् । विश्वभरमा कम्प्युटर एनिमेटेड फिल्मको बजार फैलिँदो छ ।
यस्तैमा अब नेपालमा पनि एनिमेटेड निर्माण हुने भएको छ । माया एनिमेसन एकेडेमीले ‘चन्द्रागिरी वारियर्स’ (चन्द्रागिरी योद्धाहरु) शीर्षकमा एनिमेटेड फिल्म बनाउन लागेको हो । अनुमानित ५ करोडको लागतमा नेपालकै जनशक्तिबाट एनिमेटेड फिल्म बनाउन लागिएको फिल्मका निर्देशक इन्द्र बलामीले जानकारी दिए ।
‘अहिले हामी प्रि–प्रोडक्सनकै चरणमा छौं । कथावस्तु भने फाइनल भइसकेको छ’ बलामीले भने, ‘अबको एक–दुई हप्तामा क्यारेक्टर डिजाइनको काम पूरा हुनेछ ।’ १५ देखि २० जना जनशक्तिलाई फिल्म तयार गर्न डेढ–दुई वर्ष लाग्ने उनको अनुमान छ । फिल्मको सम्पूर्ण एनिमेसनको काम नेपालमा नेपालकै जनशक्तिबाट गर्ने बलामीले जानकारी दिए । फिल्म ९० मिनेटको हुनेछ ।
फिल्मलाई विश्व प्रख्यात ओटीटी प्लेटफर्ममा रिलिज गर्ने बलामीको योजना छ । तर, अहिलेसम्म कुनै ओटीटी प्लेटफर्मसँग छलफल नभएको उनले उनले सुनाए । ओटीटीसँगै फिल्मलाई हलमा पनि रिलिज गरिने बलामीको भनाई छ । उनका अनुसार, फिल्म नेपाली, हिन्दी, नेवारी र अंग्रेजी गरी चार वटा भाषामा बन्नेछ ।
‘चन्द्रागिरी वारियर्स’ तयार भए यो नेपालकै पहिलो एनिमेटेड फिल्म हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रेकिङमा हराएका दुई पर्यटकको उद्धार, हेलिकप्टरबाट काठमाडौँ पठाइयो
-
सम्बन्धविच्छेदपछि फिल्ममा पुनरागमन गर्दैछिन् इशा देओल
-
मुम्बई होर्डिङ घटनामा मृत्यु हुनेको संख्या १६ पुग्यो, ७५ जना घाइते
-
इन्डोनेसियामा स्याटलाइट इन्टरनेट लन्च गर्दै मस्कको स्टारलिंक
-
सी र पुटिनको भेटवार्तामा के–के कुराकानी भयो ?
-
भरतपुरमा पूर्वाधार विकाससँगै कृषि क्षेत्रमा पनि उल्लेखीय सुधार भएको छ : दाहाल