तपाईंलाई कुनै चीज वा व्यक्तिलाई छोएपछि करेन्ट लागेको महसुस हुन्छ ? के हो यसको विज्ञान ?
तपाईंले कुनै चीज वा व्यक्तिलाई छोएर करेन्ट लागेको जस्तो महसुस गरेको हुनुपर्छ । करेन्टको असर केही समयसम्म महसुस हुनसक्छ । करेन्टका कारण शरीरको अंग पनि निदाएको जस्तो हुनसक्छ । कतिपटक त प्लास्टिकको कुर्सीमा धेरैबेर बसेर उठेपछि करेन्ट लागेको महसुस हुन्छ । यस्तो यसकारण हुन्छ किनभने कुर्सीले हाम्रो कपडाबाट अलग्गिने इलेक्ट्रोनलाई जम्मा गर्ने गर्छ । त्यसैले पोजेटिभ चार्ज जम्मा हुन थाल्छ । यस्तोमा अचानक उठेका कारण करेन्ट महसुस हुन्छ । आखिर कुनै व्यक्ति वा वस्तुलाई छुँदा करेन्ट लागेको किन महसुस हुन्छ, यसबारे थप जानकारी लिऔँ ।
कुनै पनि कुरा छुँदा किन करेन्ट लाग्छ ?
सबै चीजहरू परमाणु (एटम्स) बाट बनेका हुन्छन् । प्रोटोन, न्युट्रोन र इलेक्ट्रोन सबै चीजमा हुन्छन् । शरीरमा इलेक्ट्रोन र प्रोटोनको मात्रा लगभग बराबर हुन्छ । यिनीहरुको संख्या सन्तुलित नभएका कारण शरीरमा करेन्ट महसुस हुन्छ । शरीरमा इलेक्ट्रोनको संख्या जति बढी हुन्छ, त्यति नै नेगेटिभ चार्ज बन्नेछ र करेन्ट पनि त्यति नै बढी हुन्छ ।
नछोइकन पनि लाग्न सक्छ करेन्ट
कहिलेकाहीँ कुनै चीजको नजिक जाँदा वा यसलाई नछोइकन पनि करेन्ट महसुस हुन्छ । यो इलेक्ट्रोनको उच्च मात्राका कारण हो । शरीरमा इलेक्ट्रोनको प्रवाहमा असन्तुलनकाम कारण कुनै पनि चिज छुने बित्तिकै करेन्ट लाग्न सक्छ । असन्तुलित इलेक्ट्रोन्सका कारण हाम्रो शरीरमा भएका नकारात्मक इलेक्ट्रोन्स बाहिर निस्कने गर्छ र वस्तुमा भएको पोजेटिभ इलेक्ट्रोन्सका कारण करेन्ट महसुस हुन्छ ।
चिसो मौसममा लाग्न सक्छ करेन्ट
तपाईंले याद गर्नुभएको होला चिसोको दिनमा करेन्ट लाग्ने स्थिति बढी हुन्छ । यस्तो यसकारण हुन्छ किनभने चिसो दिनमा हावामा ओसको कमी हुन्छ । हल्का करेन्ट लाग्दा पनि घोचेको जस्तो महसुस हुन्छ । यस्तै, गर्मीका दिनमा हावामा ओस धेरै हुन्छ जसका कारण नेगेटिभ चार्ज इलेक्ट्रोन समाप्त हुन्छ र करेन्ट लाग्ने सम्भावना घट्ने गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
-
यस्तो छ आजका लागि तोकिएको कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण