दक्षिण युक्रेनका ४० सहर रुसी कब्जाबाट मुक्त गरिएको जेलेन्स्कीको दाबी
किभको सेनाले दक्षिणी युक्रेनका ४० भन्दा बढी सहर र गाउँहरू रुसी कब्जाबाट मुक्त गरेको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन् । मस्कोले आफ्नो सेनाले रणनीतिक सहर खेरसनबाट पछि हट्न थालेको संकेत गरिरहेका बेला जेलेन्स्कीको दाबी आएको हो ।
यसैबीच संयुक्त राज्यले किभको लागि नयाँ ४०० मिलियन डलरबराबरको सुरक्षा सहायता प्याकेजको घोषणा गरेको छ, जसमा रक्षा प्रणाली र सतहबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्रहरू समावेश हुनेछन् । रुसी सेनाले केही दिनअघि युक्रेनका प्रमुख पूर्वाधारहरूलाई लक्षित गरेको थियो ।
'आज हामीसँग दक्षिणबाट राम्रो समाचार छ,' जेलेन्स्कीले राष्ट्रलाई आफ्नो दैनिक सम्बोधनमा भने 'चलिरहेको रक्षा अपरेशनको भागको रूपमा आफ्नो सही स्थानमा फर्किने युक्रेनी झण्डाहरूको संख्या पहिले नै दर्जनौं छ ।' उनले ४० वटा वस्ती रुसी कब्जाबाट मुक्त गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण