शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यी ४ तरिकाले अनुहारमा नरिवलको तेल लगाउनुहोस्, छाला नरम र सुन्दर बन्छ

सोमबार, २८ कात्तिक २०७९, १० : ३४
सोमबार, २८ कात्तिक २०७९

धेरैजसो मानिसले कपालमा नरिवलको तेल लगाउने गर्छन् । यस्तै, कोही मानिस नरिवलको तेलमा खाना पकाउँछन्, कोही भने बिहान खाली पेटमा नरिवलको तेल पिउन रुचाउँछन् । यति मात्र होइन, नरिवलको तेल अनुहार वा शरीरको अन्य भागमा पनि लगाउन सकिन्छ । नरिवलको तेलमा एन्टिफङ्गल, एन्टिअक्सिडेन्ट, एन्टि–इन्फ्लेमेटरी, एन्टिब्याक्टेरियल र मोइस्चराइजिङ गुण हुन्छ । यस्तो अवस्थामा यदि तपाईंले आफ्नो अनुहारमा नरिवलको तेल लगाउनुभयो भने, तपाईंले यसबाट धेरै फाइदा लिन सक्नुहुन्छ । हुन त धेरै मानिस नरिवलको तेलले छालामा मालिस गर्छन् । तर यसबाहेक, तपाईं नरिवल तेल धेरै तरिकाले प्रयोग गर्न सक्नुहुन्छ । अब तपाईंलाई लागिरहेको होला कि अनुहारमा नरिवलको तेल कसरी लगाउने होला ? यसबारे जानकारी दिइएको छ ।

१. मोइस्चराइजर

नरिवलको तेललाई मोइस्चराइजरको रूपमा प्रयोग गर्न सकिन्छ । वास्तवमा, नरिवलको तेलमा मोइस्चराइजिङ गुण हुन्छ, जसले अनुहारलाई नमी प्रदान गर्दछ । यदि तपाईंको छाला सुख्खा, रुखो वा निर्जीवजस्तो छ भने, नरिवलको तेलले तपाईंको लागि उत्तम मोइस्चराइजरको रूपमा काम गर्न सक्छ । दिनमा दुई पटक नरिवलको तेललाई मोइस्चराइजरको रूपमा अनुहारमा लगाउन सक्नुहुन्छ । तर अनुहारमा ३–४ थोपा नरिवलको तेल भन्दा बढी नराख्नुहोस्, यसले छालालाई चिल्लो देखाउन सक्छ ।

२. मसाज

धेरैजसो मानिस अनुहारको मसाज गर्न पार्लर जान्छन् । वा घरमा मसाज क्रीम ल्याउँछन् । तर यदि तपाईं चाहनुहुन्छ भने, तपाईं नरिवल तेलले पनि अनुहार मसाज गर्न सक्नुहुन्छ । अर्थात्, नरिवलको तेललाई मसाजको रूपमा पनि प्रयोग गर्न सकिन्छ । यसका लागि हातमा नरिवलको तेल लिनुहोस् । यसलाई आफ्नो अनुहारमा लगाउनुहोस्, त्यसपछि हल्का हातले अनुहार मसाज गर्नुहोस् । अनुहारमा मालिस गर्नाले छालामा रक्तसञ्चार बढ्छ, छालामा निखार आउँछ र अनुहार सुन्दर देखिन्छ ।

३. मेकअप रिमुभर

धेरैजसोले मेकअप हटाउन विभिन्न प्रकारका मेकअप रिमुभरहरू प्रयोग गर्छन् । तर तपाईं चाहनुहुन्छ भने, तपाईं मेकअप हटाउन नरिवल तेल प्रयोग गर्न सक्नुहुन्छ । नरिवलको तेललाई मेकअप रिमुभरको रूपमा पनि प्रयोग गर्न सकिन्छ । नरिवलको तेलले छालाबाट निकै गहिरोसँग मेकअप हटाउँछ ।

४. फेस मास्क

तपाईं फेस मास्कको रूपमा नरिवलको तेल पनि प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि एक चम्चा नरिवलको तेल लिनुहोस् । यसमा एक चिम्टी बेसार मिसाएर अनुहारमा लगाउनुहोस् । १५–२० मिनेटपछि पानीले अनुहार धुनुहोस् । यसले तपाईंको छालालाई चम्किलो बनाउनेछ । बेसारले अनुहारको दाग हटाएर छालालाई सुन्दर बनाउँछ ।

तपाईं नरिवलको तेललाई मोइस्चराइजर, मसाज तेल, मेकअप रिमुभर र फेस मास्कको रूपमा प्रयोग गर्न सक्नुहुन्छ । नरिवलको तेलको प्रयोगले तपाईको छालासँग सम्बन्धित धेरै समस्याहरू समाधान गर्न सक्छ । अनुहारको छालामा चमक र छालाको टोनमा पनि सुधार ल्याउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप