गोरखामा रामचन्द्र पौडेलले भने– ‘प्रचण्ड शान्ति र क्रान्तिका नायक हुन्’
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले क्रान्ति र शान्तिका नायक भएको बताएका छन् । सोमबार सत्ता गठबन्धन दलले गोरखा क्षेत्र नम्बर २ पालुङटारमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले प्रचण्ड क्रान्ति र शान्ति दुवै प्रक्रियाको नेतृत्वकर्ता र बिरलै पाइने नेता रहेको बताए ।
उनले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने क्रममा भएको विस्तृत शान्ति सम्झौताको आफूले मस्यौदा गरेको बताए । उनले प्रचण्ड र गिरिजाप्रसाद कोइरालाको संयुक्त प्रयासबाट अहिलेको परिवर्तन आएको बताए । पौडेलले अहिले स्थानीय तहमा आएको अधिकार र वडाध्यक्षले विकासका लागि खर्च गर्न सक्ने परिवर्तन सानो परिवर्तन नभएको बताए ।
नेता पौडेलले नेपाली कांग्रेसका मतदातालाई हिजो विगतमा के भयो भनेर साध्य नचल्ने भन्दै पुराना कुरालाई बिर्सेर भविष्य हेर्न आग्रह गरे । उनले नेपालमा रोजगारी बढाउन, विकास निर्माणका काम अघि बढाउन आग्रह गरे । उनले वीपी कोइरालाले भनेजस्तो राष्ट्रिय एकता गरेर जानुपर्ने बताए ।
उनले संविधान र लोकतन्त्रलाई जोगाउनका लागि गठबन्धन बनाइएको बताउँदै यो एकता पछिसम्म निरन्तर अघि बढ्ने उल्लेख गरे । उनले एमालेले नक्कली राष्ट्रवादी कुरा गर्ने बताउँदै एमाले संसदमा किन जाने भन्दै प्रश्न गरे । उनले पटक–पटक संसद भंग गर्ने एमाले किन संसदमा जाने भन्दै गठबन्धनका उम्मेदवारलाई मत दिएर निर्वाचित गर्न आग्रह गरे ।
उनले गण्डकी प्रदेशमा कृषि पर्यटनको ठूलो संभावना रहेको बताउँदै यो क्षेत्रबाट यो देशलाई नमुना बनाउनुपर्ने बताउँदै गठबन्धन दललाई विजयी बनाउन आग्रह गरे । उनले कांग्रेस मतदातालाई हँसिया हथौडामा मतदान गर्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण