शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

६ अंकले नेप्से घट्दा अर्बमाथिको कारोबार

मङ्गलबार, २९ कात्तिक २०७९, १५ : ४०
मङ्गलबार, २९ कात्तिक २०७९

मंगलबार सेयर बजार सूचक नेप्सेमा ६ अंकमाथिको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक ६.५९ अंकले घट्दै १८९७.८६ विन्दुमा झरेको हो । 

तर, यता कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा बढोन्नती आएको छ । आज ६ अंकले बढेको बढेको बजारमा १ अर्ब २ करोड ३६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिन २१ अंकले नेप्से बढ्दा ९४ करोड ६० लाख ५९ हजार रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको थियो ।

आज बैंकिङ र इन्भेष्टमेन्ट समूह बाहेकका अन्य ११ वटा उपसूचक ऋणात्मक भएका छन् । फाइनान्स समूहको उपसूचक १.६१ प्रतिशतले ऋणात्मक भएको छ भने डेभलपमेन्ट बैंक समूहको उपसूचक १.३२ प्रतिशतले र म्यानु एण्ड प्रो समूहको उपसूचक १.२७ प्रतिशतले ऋणात्मक भएका छन् । अन्य समूहका उपसूचकहरु १ प्रतिशत कमले घटेका छन् । 

यस दिन हिमालयन डिस्टिलरी लिमिटेडको अधिकतम ८ करोड २२ लाख ३४ हजार ६७५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने सबैभन्दा बढी गरिमा विकास बैंक लिमिटेडको १ लाख ५ हजार ५८२ कित्ता प्रमोटर सेयर कारोबार भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप