शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रुसी मुक्त शहर खेरसनको भ्रमण गरेपछि के भने जेलेन्स्कीले  ?

बुधबार, ३० कात्तिक २०७९, ०७ : ०९
बुधबार, ३० कात्तिक २०७९

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हालै रुसी मुक्त गरिएको खेरसन सहरको भ्रमण गरेका छन् । युक्रेनी सेना प्रवेश गरेको केही दिनपछि जेलेन्स्की सो क्षेत्रको भ्रमण गरेका हुन् । रुसी सेनाले गत शुक्रबार खेरसन क्षेत्र छोडेको थियो ।  

जेलेन्स्कीले युक्रेनी सेनले खेरसन शहरलाई पुनः कब्जा गरेपछि रूसी कब्जाकर्ताहरूले सयौं नयाँ “युद्ध अपराध“ गरेको प्रमाण फेला पारेको बताएका छन् ।  मुक्त शहरमा युक्रेनीहरूले राहत व्यक्त गरेका छन् । फेब्रुअरीमा  रुसले आक्रमण गरेपछि खेरसन सहर कब्जा हुने पहिलो प्रमुख सहरी क्षेत्र थियो । 

यो क्षेत्र क्रेमलिनले सेप्टेम्बरमा कब्जा भएको घोषणा गरेको चार मध्ये एक शहर हो । यसै बीच, क्रेमलिनले खेरसन अझै पनि रूसको हिस्सा भएको विषयलाई जोड दिन छोडेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप