संविधान जोगाउन गठबन्धन : डिलाराम आचार्य
नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव डिलाराम आचार्यले एमाले अध्यक्ष केपी ओलीले संविधान नै मास्न खोजेपछि गठबन्धन गर्नुपरेको बताएका छन् । बुधबार सन्धिखर्कमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै नेता आचार्यले जनताको संघर्ष र बलिदानबाट प्राप्त संविधान जोगाउनका लागी पाँच दलीय गठबन्धन एकै ठाउँमा उभिएको बताए ।
पाँच दलीय गठबन्धन सत्तामा पुग्नका लागि नभई मध्यरातमा राष्ट्रपतिकोमा प्रधानमन्त्री पुगेर संसद विघटन गर्ने, संविधान मास्ने काम भएकाले सडकमा आन्दोलन गरेर संविधान जोगाउन बनेको गठबन्धनलाई निरन्तरता दिएको बताए ।
मुख्यतया: दश वर्षीय माओवादी जनयुद्धका गम्भीर विषयमा एमाले सधैं भाग्ने गरेको भन्दै यसको समाधानमा माओवादी केन्द्र र नेपाली कांग्रेस शान्ति प्रक्रिया देखि अहिलेसम्म विभिन्न चरणका समस्या समाधानमा गर्न एकसाथ अगाडि बढेको बताए ।
नेपाली कांग्रेसका नेता तथा पूर्व पर्यटन राज्यमन्त्री रेवतीप्रसाद भुसाले एमालेका सचिव टोपबहादुर रायमाझीले अर्घाखाँचीमा निर्वाचन जित्ने आफ्नै चरित्रका कारण जित्ने आधार गुमाइसकेकोले गठबन्धनका उम्मेदवार प्रतिनिधिसभा सदस्यमा पुष्पा भुसाल, प्रदेशसभा (क) मा सागर केसी, प्रदेश सभा(ख)मा कमल भुसालको जित्ने दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले अवैध रुपमा गरे एक दर्जन संघीय निगरानीकर्ताहरुलाई बर्खास्त
-
सूर्यनारायणको बार आज कसलाई कति फलदायी ? हेरौँ राशिफल
-
पहिलो ६ महिनामा गौर भन्सारद्वारा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन
-
बुण्डेस लिगामा बायर्न म्युनिखलाई थप सफलता
-
ग्वार्डिवलाको म्यानचेस्टर सिटीले चेल्सीलाई हरायो
-
केवलकारको विषयलाई लिएर पाथीभरामा प्रहरी र आन्दोलनकारीबीच झडप, चार घाइते