केही भएन भनेर भ्रम फिँजाउनेहरू नेपाल विरोधी वर्ग हुन् : मन्त्री खड्का
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालमा केही भएन भनेर भ्रम फिँजाउनेहरू नेपाल विरोधी वर्ग भएको बताएका छन् ।
सोमबार सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा २०७८ असार १ गतेको बाढीले पुर्याएको क्षेत्रको स्थलगत अनुगमन गर्दै खड्काले नेपालमा केही पनि भएन भनेर नकारात्मक भाष्य फिँजाउन एउटा वर्ग नै लागेको बताएका हुन् । देश आफैँले बनाउने भन्दै सकारात्मक सोचका साथ काम गर्नुपर्ने उनको भनाई थियो ।
उनले नेपालमा केही पनि भएन भनेर नेपालको अर्थतन्त्र बिगार्न लागिपरेका तत्त्वहरूप्रति सजग रहन आग्रह समेत गरे । उनले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीले पुर्याएको क्षति नोक्सानीप्रति सरकार गम्भीर रहेको पनि बताए । उनले २०७८ असार १ गतेको बाढीले मेलम्ची र हेलम्बु क्षेत्रमा पुर्याएको क्षतिको पुनर्निर्माणमा सरकार प्रतिबद्ध रहेको जिकिर गरे ।
उनले भने, ‘यहाँको समस्या हामीलाई अवगत भयो । बजेट बनाउने बेला भएको छ । सबै कुरा भनिहाल्न नहुने रहेछ । गोप्य राख्ने भनिएको छ । हुनेसम्म प्रयास गर्ने हो । यहाँको अवस्थालाई नजिकबाट हेरेका छौँ । डीपीआर सुरु गरौँ । क्रमगत रूपमा सिँचाइको सुविधा पुर्याऔँ । तटबन्धको विषय छ । हामीले पानीको अधिकतम सदुपयोग गर्ने हो । अहिले कति ठाउँमा सम्झौता गरेका छौँ । सिँचाइका लागि नहर, कुलो खनेर लैजान्छौँ । ड्याम बनाएर हाइड्रोपावर पनि उत्पादन गर्छौँ । सँगै खानेपानीको लागि पनि वितरण गर्छौँ । काम प्रशस्त भइरहेका छन् । सकारात्मक सोचका साथ काम गरौँ ।
मन्त्री खड्काले इन्द्रावती गाउँपालिकास्थित भीमटारमा रहेको २२ वटा टारमा इन्द्रावती नदीको पानी ल्याएर सिँचाइका लागि विस्तृत परियोजना अघि बढाइएको जिकिर गरे । उनले उक्त २२ वटा टारलाई सिँचाइको व्यवस्था मिलाएपछि सम्पूर्णको जिल्लाको लागि खाद्यान्नको लागि अन्त धाउनु नपर्ने विश्वास व्यक्त गरे । उहाँले सिन्धुपाल्चोकको कारणले काठमाडौँवासीले पानी पाएको भन्दै सरकारसँग दाबी गर्ने अधिकार समेत समेत धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण