शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

खोकी कम गर्न बेसार निकै फाइदाजनक, यसरी प्रयोग गर्नुहोस्

बुधबार, ३० कात्तिक २०७९, १६ : ०७
बुधबार, ३० कात्तिक २०७९

रुघाखोकी, ज्वरो केही यस्ता समस्या हुन् जुन चिसो मौसममा धेरैले सामना गर्नुपर्ने हुन्छ ।  खासगरी मौसम परिवर्तन हुँदा यस्ता समस्याले मानिसहरूलाई बढी सताउँछ । यो मौसममा मानिसलाई खोकीले पनि विशेष रुपमा सताउने गर्छ । यसबाट छुटकारा पाउन मानिसहरु सामान्यतया डाक्टरसँग सल्लाह गरेर औषधी खाने गर्छन्, यसले समस्या हुँदा आराम त दिन्छ तर घाँटी दुख्ने र खोकी भने बिस्तारै मात्रै कम हुन्छ । यस्तै, यदि तपाईंले खोकीको औषधि धेरै नै खानुभयो भने पनि यसले स्वास्थ्यलाई धेरै नै हानी पुर्याउने गर्छ । अब प्रश्न के उठ्छ भने खोकीबाट छिट्टै राहत पाउन के गर्न सकिन्छ ?

यस्ता धेरै घरेलु उपाय छन्, जसको सहायताले रुघाखोकीको समस्याबाट छिट्टै राहत पाउन सकिन्छ । जसलाई चिकित्सा विज्ञानले पनि समर्थन गरेको छ । रुघाखोकीबाट छुटकारा पाउनको लागि यस्तै एउटा सामान्य घरेलु उपाय बेसारको प्रयोग हो । बेसारले तपाईंलाई रुघाखोकीको समस्याबाट छिट्टै राहत दिन मद्दत गर्छ । तपाईंले यसलाई सही तरिकाले प्रयोग गर्नुपर्छ । यस लेखमा हामी तपाईंलाई रुघाखोकीमा बेसारको सेवन गर्ने फाइदा र विधि बताइरहेका छौँ ।

रुघाखोकी लागेका बेला बेसार खाँदा के फाइदा हुन्छ ?

बेसार आयुर्वेदमा यसको औषधीय गुणका लागि परिचित छ । बेसारमा कर्क्युमिन यौगिकहरू छन्, साथै एन्टी–इन्फ्लेमेटरी र एन्टिअक्सिडेन्ट गुणहरू हुन्छन् । यसका साथै यसमा एन्टिभाइरल र एन्टिब्याक्टेरियल गुण पनि प्रशस्त हुन्छ । जसका कारण रोग प्रतिरोधात्मक क्षमता बढाउनमा यो निकै फाइदाजनक हुन्छ । यसले घाँटी, छाती र फोक्सो आदिमा हुने सुजनलाई कम गर्न मद्दत गर्छ । साथै घाँटी दुखार्इ पनि कम गर्छ । रुघाखोकीसँगै कफ आउने समस्यालाई हटाउन पनि यो फाइदाजनक हुन्छ । श्वासप्रश्वासको समस्या, दम र ब्रोन्काइटिस जस्ता समस्यामा पनि यसलाई निकै फाइदाजनक मानिन्छ ।

खोकी लाग्दा बेसार कसरी प्रयोग गर्ने ?

रुघाखोकीबाट छुटकारा पाउन एक चम्चा महमा एक चिम्टी बेसारको धुलो मिसाएर दिनको २–३ पटक सेवन गर्न सकिन्छ । यस मिश्रणमा कालो मरिचको धूलो मिसाएर खाँदा पनि खोकीको समस्याबाट छिट्टै आराम मिल्छ ।

यसका साथै तातो दुधमा बेसार र कालो मरिच उमालेर, मह मिसाएर पनि सेवन गर्न सकिन्छ, राती सुत्नुअघि यसो गर्नुहोस् । तर यदि तपाईंलाई रुघाखोकी लागेको छ भने बेसार, कालो मरिच पानीमा उमालेर त्यसमा मह मिसाएर पानी पिउनुपर्छ । यदि तपार्इं चाहनुहुन्छ भने, तपार्इं  हर्बल चियामा बेसार, कालो मरिच र मह मिसाएर पनि प्रयोग गर्न सक्नुहुन्छ । दिनमा २–३ पटक पिउनाले धेरै फाइदा हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप