शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

युक्रेनको गोलाबारीमा ५० रुसी सेना मारिए

बिहीबार, ०१ मङ्सिर २०७९, ०७ : ४३
बिहीबार, ०१ मङ्सिर २०७९

युक्रेनको लामो दूरीको तोपखाना हमलामा करिब ५० रूसी सैनिकहरू मारिएका छन् । एउटै घटनामा यति ठुलो हताहत भएको यो दुर्लभ घटना भएको पनि युक्रेनी सेनाले दाबी गरेको छ ।

मंगलबार युक्रेनी सेनाले पूर्वी प्रान्त लुहान्स्कबाट ७० किलोमिटर टढा रहेको डेनेज्निकोभ गाउँमा गोलाबारी गर्दा रुसले ठूलो क्षति बेहोर्नुपरेको एक सशस्त्र सेनाका जनरल स्टाफले फेसबुक पोस्टमा बताएका छन् । यसबारे रुसी रक्षा मन्त्रालयले कुनै प्रतिक्रिया दिएको छैन ।

अमेरिकाले युक्रेनलाई ८० किलोमिटर टाढासम्म लक्ष्य प्रहार गर्न सक्ने उन्नत रकेट प्रणाली उपलब्ध गराएको छ। पछिल्ला दिनमा रुसमा युक्रेनी सेनाले ठुलो क्षति सामना गरेको छ । १० दिनअघिमात्र रुसी सेना खेरसनबाट हटेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप