चुनावी लफडा, रौतहटमा झडपपछि ४ राउन्ड हवाई फायर
बिहीबार, ०१ मङ्सिर २०७९, १४ : ०७
रौतहटको कटहरिया बजारमा दुई दलका कार्यकर्ताबीच भएको झडपमा ढुंगामुढा सुरु भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ । गएराति एक दलका कार्यकर्ता अर्का दलका कार्यकर्ता झडपमा उत्रिएपछि अवस्था नियन्त्रणमा लिन ४ राउन्ड हवाई फायर गर्नुका साथै २ सेल अश्रुग्यास प्रहार गरेको प्रहरी निरीक्षक वीरेन्द्र पाश्वानले जानकारी दिए ।
घटनामा केही स्थानीय र केहि प्रहरीलाई सामान्य चोटपटक लागेको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ। एकजना उम्मेदवारले मतादातालाई वितरण गर्न भारतबाट मदिरा ल्याइएको विषयमा विवाद भएको थियो । अर्का दलका कार्यकर्ताले नियन्त्रणमा लिन खोज्दा गएराति ९ बजे सामान्य झडप भएको थियो । सो पछि मदिरा सहित भनिएको उक्त गाडी त्यहाँबाट भाग्न सफल भएको थियो ।
लगत्तै केही युवाले प्रहरीमाथि ढुंगामुढा गरेको प्रहरीले बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा