दुई दिन सार्वजनिक बिदा दिन निजी प्रतिष्ठान तथा उद्योगलाई सरकारको आग्रह
सरकारले निर्वाचनलाई लक्षित गर्दै मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिन निजी प्रतिष्ठान, उद्योग कलकारखाना तथा कार्यालयहरूलाई आग्रह गरेको छ ।
गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मंसिर ४ र ५ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा सार्वजनिक बिदा दिने निर्णय भएकोले निजी क्षेत्रले पनि सो दिन सार्वजनिक बिदा दिएर निर्वाचन प्रक्रियामा सघाउन अनुरोघ गरिएको छ ।
मन्त्रालयको सहसचिव फणिन्द्रमणि पोखरेलद्वार जारी गरिएको विज्ञप्तिमा भनिएको छ -'मंसिर ४ गते आइतबारका दिन हुन गइरहेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको सन्दर्भमा मिति २०७९ मंसिर ४ र ५ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा सार्वजनिक बिदा दिने नेपाल सरकारबाट निर्णय भएको हुँदा त्यहाँ अन्तर्गतका निजी प्रतिष्ठान, उद्योग कलकारखाना तथा कार्यालयहरूमा समेत मिति २०७९ मंसिर ४ र ५ गते सार्वजनिक विदा दिने व्यवस्था हुन आदेशानुसार अनुरोध छ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन