दुई दिन सार्वजनिक बिदा दिन निजी प्रतिष्ठान तथा उद्योगलाई सरकारको आग्रह
सरकारले निर्वाचनलाई लक्षित गर्दै मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिन निजी प्रतिष्ठान, उद्योग कलकारखाना तथा कार्यालयहरूलाई आग्रह गरेको छ ।
गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मंसिर ४ र ५ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा सार्वजनिक बिदा दिने निर्णय भएकोले निजी क्षेत्रले पनि सो दिन सार्वजनिक बिदा दिएर निर्वाचन प्रक्रियामा सघाउन अनुरोघ गरिएको छ ।
मन्त्रालयको सहसचिव फणिन्द्रमणि पोखरेलद्वार जारी गरिएको विज्ञप्तिमा भनिएको छ -'मंसिर ४ गते आइतबारका दिन हुन गइरहेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको सन्दर्भमा मिति २०७९ मंसिर ४ र ५ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा सार्वजनिक बिदा दिने नेपाल सरकारबाट निर्णय भएको हुँदा त्यहाँ अन्तर्गतका निजी प्रतिष्ठान, उद्योग कलकारखाना तथा कार्यालयहरूमा समेत मिति २०७९ मंसिर ४ र ५ गते सार्वजनिक विदा दिने व्यवस्था हुन आदेशानुसार अनुरोध छ ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण