कलाकार महादेव त्रिपाठीले अमेरिकामा देखाए जादु र नृत्य
नेपाली जादुगरको रुपमा चर्चित कलाकार महादेव त्रिपाठीले अमेरिका पनि आफ्नो जादुका विभिन्न कला पस्किएका छन् । अमेरिकाको विभिन्न शहरमा आयोजना भइरहेको ‘सुरसुधा कमेडी शो’ नामक कार्यक्रममा उनले जादु कलाको अलवा नृत्य, गायन र कमेडी पनि पस्किएका थिए । त्रिपाठीको जादुमा दंग परेका दर्शक कमेडीमा भने पेट मिचिमिची हाँसेका थिए । नेपाल चिनाउने उद्देश्यले त्रिपाठीले नेपाली झण्डासहित नृत्य समेत देखाउँदा दर्शक खुलेर नाचेका थिए ।
बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ, नमस्ते ग्रुपको संयुक्त आयोजना रहेको कार्यक्रममा सुरसुधा ब्यान्डको पनि विभिन्न प्रस्तुति रहेको थियो । सुरसुधाको तर्फबाट गायक सुरेन्द्र श्रेष्ठ, गायिका सरस्वती खत्री र म्युजिसियन रमन महर्जन र विकास सुनार कार्यक्रममा सहभागी थिए । कार्यक्रममा सुरसुधाले संगीतका अलवा विभिन्न गीतसंगीत समेत प्रस्तुत गरेको थियो ।
‘सुरसुधा कमेडी शो’ कार्यक्रम अमेरिकाको दर्जनबढी ठाउँमा गर्ने उद्देश्यले कलाकार त्रिपाठीसहित कलाकार टोली केही अगाडि अमेरिका पुगेका थिए । अमेरिका पुगे लगतै कार्यक्रम सुरु गरेको टोलीले अहिलेसम्म अमेरिकाको न्युयोर्क, भर्जेनिया, क्यालिफोनिया, डालस लगायतका स्थानमा कार्यक्रम गरिसकेका छन् ।
करिब ३ महिना चल्ने ‘सुरसुधा कमेडी शो’ अमेरिकाको अझै दर्जन बढी शहरमा आयोजना हुने कलाकार त्रिपाठीले बताए । कार्यक्रमको आयोजक नवराज केसी, पशुपति श्रेष्ठ, गायक राजेश हमाल र निमा शेर्पाले रहेका छन् । कलाकार त्रिपाठीलाई नेपालबाट अमेरिका कार्यक्रमका लागि मनासलु कलेजले पठाएको हो ।
‘सुरसुधा कमेडी शो’ को उद्देश्य अमेरिकामा रहेका नेपालीलाई मनोरञ्जन दिलाउँदै अमेरिकाको विभिन्न शहरमा नेपाली कलासंस्कृति प्रदर्शन गर्नु र अमेरिका निवासी नेपाली तथा अमेरिकीलाई नेपाल भ्रमणमा आकर्षण गर्नु रहेको आयोजकले जनाएको छ ।
कार्यक्रमपछि कलाकार टोलीलाई त्यहाँका स्थानीय आयोजकले सम्मान समेत गर्ने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
-
सुदूरपश्चिम सरकार टिकाउन पालैपालो मन्त्री : पुराना बिदा हुँदै, नयाँ भित्रिँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण