डीएभी कलेजद्वारा दीक्षान्त समारोह सम्पन्न

डीएभी कलेज अफ म्यानेजमेन्ट ललितपुरले बीबीए र बीबीएस विद्यार्थीहरु लक्षित दीक्षान्त समारोह भव्यरुपमा सम्पन्न गरेको छ ।
उक्त कार्यक्रम सोल्टी होटल काठमाडौँमा सम्पन्न भएको हो । कलेजद्वारा सम्प्रेषित विज्ञप्ति अनुसार बीबीएका चौधौँ ब्याच र बीबीएस का पन्ध्रौँ व्याचका विद्यार्थीहरुलाई दीक्षित गरिएको थियो ।
दीक्षान्त समारोह शिक्षा क्षेत्र र कर्पोरेट क्षेत्रका लब्ध—प्रतिष्ठित व्यक्तित्वहरुको समुपस्थितिमा आयोजना गरिएको थियो ।
समारोहमा उपस्थित विद्यार्थीहरुलाई कलेजका अध्यक्ष अनिल केडिया, डीन व्यवस्थापन शंकाय त्रि।विका प्रा.डा. डिल्ली राज शर्मा, महालक्ष्मी विकास बैंकका सीईओ बोधिराज शर्मा, एसोसियट प्रा.डा. मनोज कुमार चौधरीलगायतले उच्च सफलताको शुभकामना दिए । उक्त दीक्षान्त समारोहमा अधिकांश सहभागिहरुले अध्ययनको दौरानमा आर्जन गरेको स्प्रिटलाई कार्यक्षेत्रमा अवलम्बन गर्न प्रेरित समेत गरे ।
सहभागिहरुले डीएभी कलेज ज्ञान र संस्कारको संयोजनको आधारमा स्थापित रहेको र नवीनतम् प्रविधिलाई समेत उत्कृष्ट ढङ्गबाट प्रयोग हुने गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गायिका एलिना चौहान भन्छिन्–अहिले त मेरो नामै धोकेबाज रे !
-
साथीको नामको फेसबुक आइडी बनाएर ठगेको आरोपमा युवती पक्राउ
-
भारतलाई हराउँदै नेपाल महिला यु–२० च्याम्पियनसिपको फाइनलमा
-
डिजिटल वित्तीय कारोबार बढ्दै, मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड कट्यो
-
नियुक्त भएको २८ दिनमा मधेस प्रदेशमा मुख्यमन्त्रीले दिए मन्त्रिपरिषद्लाई पूर्णता
-
नौ महिनामा संघीय निजामती सेवा ऐनमा थारु क्लस्टर छुट्याउन सर्वोच्चको परमादेश