आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

सुपर बावल फुड डोनेशन कार्यक्रम सम्पन्न

शुक्रबार, ०२ मङ्सिर २०७९, १२ : ०८
शुक्रबार, ०२ मङ्सिर २०७९

हरेक दुई वर्षमा आयोजना हुने सुपर बावल फुड डोनेसनमा सम्पूर्ण विद्यार्थी, शिक्षक र कर्मचारीको विगत वर्षहरूमा जस्तै उल्लेखनीय सहभागिता देखिएको छ । डी.ए.भी. विद्यालयमा गत कार्तिक २८,२९ र ३० गते सुपर बावल फुड डोनेशन आयोजना गरिएको हो । 

यस वर्ष अर्थात् शैक्षिक शत्र २०२२-२३ को लागि विद्यालयको नारा ‘प्रत्येक बालबालिका खुशी, स्वस्थ र सुरक्षित रहने नैसर्गिक अधिकार’ रहेको छ । अनुदानमा सहभागीहरूले विभिन्न प्रकारका खाद्यान्नहरु जस्तै चिउरा, दाल, गेडागुडी, पिठो, मैदा, सुजी, तेल, चिनि, बिस्कुट, कुकिज, चाउचाउ, भुजिया, दालमोठ, चियापत्ति, मसला र सुकाइएका फलफुलहरु दान गरेका थिए । 

फुड डोनेसनमा संकलित खाद्यान्नहरुलाई सोहि दिन बेलुका, मेरी वार्ड स्कुल झम्सिखेल ललितपुर र मेरी वार्ड स्कुल लुभु ललितपुरलाई हस्तान्तरण गरिएको थियो । त्यसैगरि दोस्रो दिनमा संकलित सम्पूृर्ण खाद्यान्न होर्याक नेपाल कीर्तिपुर काठमाण्डौं, मञ्जुश्री वृद्धाश्रम,डोलाहीटि ललितपुर र आश्रय नेपाल बागडोल, ललितपुर नेपालका संचालकहरुलाई हस्तान्तरण गरिएको थियो । 

सोही अनुरूप तेस्रो दिन संकलित खाद्य सामाग्रीहरु मुदीता सेवागृह महालक्ष्मिस्थान ललितपुर, दी अर्फन होम्स् टिखीदेवल ललितपुर र आमाघर रवीभवन काठमाडौंलाई हस्तान्तरण गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप