सप्तरीमा सुरक्षा व्यवस्था चुस्त
शुक्रबार, ०२ मङ्सिर २०७९, १२ : ३५
आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई मध्यनजर गर्दै सप्तरीमा सुरक्षा व्यवस्था चुस्त पारिएको छ । जिल्लामा एक हजार छ सय ३७ नेपाल प्रहरी, तीन हजार दुई सय ७८ म्यादी प्रहरी, प्रत्येक पालिकमा दुई घुम्ती टोली र मतदानस्थलको घेराको सुरक्षा गरिएको प्रहरी उपरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।
चार निर्वाचन क्षेत्रमा प्रहरी नायब उपरीक्षकको कमान्डमा सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए । प्रहरीको गस्ती टोलीले सीमानाका विभिन्न स्थानमा सञ्चालनमा रहेका अवैध मदिरा भट्टीका साथै नेपाल–भारतको खुला नाकाका कारण हुनसक्ने आपराधिक क्रियाकलापलाई रोक्न सवारी जाँचमा पनि कडाइ गरेको छ ।
निर्वाचनलाई लक्षित गरी सवारी जाँचलाई कडाइसमेत गरिएको छ । प्रहरी नायब उपरीक्षक नरेश सिंहले उम्मेदवार र मतदाताको सुरक्षा व्यवस्था मिलाइएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण