सप्तरीमा सुरक्षा व्यवस्था चुस्त
शुक्रबार, ०२ मङ्सिर २०७९, १२ : ३५
आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई मध्यनजर गर्दै सप्तरीमा सुरक्षा व्यवस्था चुस्त पारिएको छ । जिल्लामा एक हजार छ सय ३७ नेपाल प्रहरी, तीन हजार दुई सय ७८ म्यादी प्रहरी, प्रत्येक पालिकमा दुई घुम्ती टोली र मतदानस्थलको घेराको सुरक्षा गरिएको प्रहरी उपरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।
चार निर्वाचन क्षेत्रमा प्रहरी नायब उपरीक्षकको कमान्डमा सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए । प्रहरीको गस्ती टोलीले सीमानाका विभिन्न स्थानमा सञ्चालनमा रहेका अवैध मदिरा भट्टीका साथै नेपाल–भारतको खुला नाकाका कारण हुनसक्ने आपराधिक क्रियाकलापलाई रोक्न सवारी जाँचमा पनि कडाइ गरेको छ ।
निर्वाचनलाई लक्षित गरी सवारी जाँचलाई कडाइसमेत गरिएको छ । प्रहरी नायब उपरीक्षक नरेश सिंहले उम्मेदवार र मतदाताको सुरक्षा व्यवस्था मिलाइएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओलीका कारण रोकियो छानबिन समितिको टीओआर, कार्यदलमा यसरी भयो सहमतिको खोजी
-
गोरखामा भेनस अस्पतालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने
-
हैदराबादलाई सजिलै हराउँदै कोलकाता फाइनलमा
-
जेठ ११ गतेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित
-
सत्तामा नहुँदा कांग्रेस पानीबाट निकालेको माछाजस्तै भट्याक भट्याक गर्दैछ : ओली
-
सिरोहियालाई जनकपुर लगियो, बुधबार म्याद थप गरिने