महोत्तरीमा घरेलु मदिरा नष्ट गरिँदै

महोत्तरीमा बिक्री वितरण भइरहेको घरेलु मदिरा प्रहरीले नष्ट गरेको छ । बर्दिबास नगरपालिकाको विभिन्न ठाउँमा बिक्री वितरण भइरहेको १८० लिटर मदिरा प्रहरीले बिहीबार राति नष्ट गरेको हो ।
मदिरा बिक्री वितरण गर्न निषेध गरेको अवस्थामा विभिन्न होटलमा बिक्री भइरहेको मदिरा जनप्रतिनिधि र स्थानीयको रोहवरमा नष्ट गरिएको प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए । निर्वाचन अवधिभर कुनै पनि अवाञ्छित क्रियाकलाप नहुन भन्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालयमा यसअघि नै मदिरा बिक्री वितरण र ओसारपसारमा पूर्ण रूपमा रोक लगाइसकिएको छ ।
यसका बाबजुद पनि बिक्री वितरण भइरहेको सूचनाका आधारमा प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको हो । जिल्लाका चारवटै क्षेत्रमा प्रहरीहरू तैनाथ गरी मदिरा बिक्री वितरणको विषयमा निगरानी बढाइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष पोखरेलले जानकारी दिए ।-न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टर्कीका भूकम्प पीडितका लागि इस्लामी संघले राहत सामाग्री पठायो
-
एमालेका नेता र उर्मिला अर्यालको नाम माओवादीले केन्द्रीय सदस्यको सूचीबाट हटायो
-
रास्वपा, जसपा र उन्मुक्तिलाई सरकारमा ल्याउने प्रयास जारी छ : एमाले
-
एमाले सरकार ढलेपछि नागरिक उन्मुक्ति पार्टीले भन्यो– सुदूरपश्चिम सरकारमा भूकम्प गयो
-
महरा नेतृत्वको वार्ता टोलीले कर्णजीत बुढा नेतृत्वको पार्टीसँग गर्यो वार्ता
-
एमाले नेताहरुको जिम्मेवारी हेरफेर : २ महिने ‘मिसन ग्रासरुट’ अभियान चलाउने