वाजपेयी बन्दै पंकज

अभिनेता पंकज त्रिपाठीले पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको भूमिका निर्वाह गर्ने भएका छन् । अटल बिहारी वाजपेयीको बायोपिकको शुक्रबार घोषणा गरिएको छ । चलचित्रको नाम ‘मै रहुन या न रहुनु ये देश रहना चाहिये अटल’ राखिएको छ ।
उत्कर्ष नैठानीले लेखेको यो फिल्मलाई रवि जाधवले निर्देशन गर्दैछन् । रवि जाधव तीन पटक राष्ट्रिय पुरस्कार विजेता निर्देशक भइसकेका छन् । फिल्म भारतीय जनता पार्टीका संस्थापक र पार्टीका एक वरिष्ठ नेता अटल बिहारी वाजपेयीको जीवनको वरिपरि घुम्छ।
पंकज त्रिपाठीले भने, ‘भारत एउटा जमिनको टुक्रा होइन, यो एक जीवित राष्ट्र हो, म यो आफ्नो सौभाग्य ठान्छु कि मैले यी पङ्क्तिहरू लेख्ने महान नेता श्री अटल बिहारी वाजपेयी जीको भूमिकालाई महसुस गर्ने मौका पाइरहेको छु, ठूलो पर्दामा। अटल चाँडै ।’
पंकज त्रिपाठीले बहुआयामिक व्यक्तित्व भएका नेता वाजपेयीको भूमिका निर्वाह गर्न पाउँदा आफूलाई सम्मानित भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनआरएनए विवाद रोचक मोडमा : सत्ता पक्षबाटै दुई अध्यक्ष !
-
सङ्घीयदेखि नगरअस्पताललाई मन्त्रालयले भन्यो - स्वदेशी कपडा प्रयोग गर्नु
-
थाइल्यान्डका असादालाई हराउँदै नेपालका मिलन च्याम्पियन
-
विद्यालय कर्मचारीले हातमा कालोपट्टि बाँधेर काम गरे
-
बैंकर र व्यवसायी छुट्याउन आवश्यक : डा. स्वर्णिम वाग्ले
-
प्रधानमन्त्री र नेपालका लागि जापानी राजदूतबिच शिष्टाचार भेट