शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिण अफ्रिकाका ६८ प्रतिशत युवाहरू भेदभावको शिकार : संयुक्त राष्ट्रसंघ

शनिबार, ०३ मङ्सिर २०७९, ११ : ४८
शनिबार, ०३ मङ्सिर २०७९

दक्षिण अफ्रिकाका लगभग ६८ प्रतिशत युवाहरूले विद्यालयदेखि  काम गर्ने स्थानदेखि लिएर सामुदायिक स्थलहरूमा  समेत आफूहरू विरुद्ध हुने भेदभाव जीवनको एक नियमित हिस्सा जस्तै भएको गुनासो गरेका छन् ।  

संयुक्त राष्ट्रसंघ बाल कोष (युनिसेफ) ले शुक्रबार एक प्रतिवेदन सार्वजनिक गर्दै सो कुरा जनाएको छ । उमेर, लिङ्ग, शिक्षा, आम्दानी र छालाको रङ्गका कारण भेदभाव हुने गरेको  प्रतिवेदनमा उल्लेख गरिएको छ । यो प्रतिवेदन नोभेम्बर २० मा मनाइने विश्व बाल दिवसको केही अगाडि मात्र जारी गरिएको हो।

प्रतिवेदनका अनुसार करिब ८० प्रतिशत युवा उत्तरदाताहरूले भेदभावले उनीहरूको जीवन प्रगतिमा असर गरेको महसुस गरेका छन् । बालबालिका विरुद्धको हिंसाको स्तर र दक्षिण अफ्रिकामा युवा जीवनलाई असर गर्ने र भेदभाव गर्ने असमानतालाई तत्कालै सम्बोधन गरिनुपर्ने  युनिसेफ दक्षिण अफ्रिका प्रतिनिधि क्रिस्टिन मुहिगानाले  बताएका छन् ।

‘बालबालिका विरुद्ध हुने भेदभाव विरुद्ध हामी सबैले लड्नुपर्छ’। उनले भनिन्। ‘विश्व बाल दिवस हरेक बालबालिकाको अधिकारको लागि हाम्रो आह्‍वानलाई बलियो बनाउने क्षण हो’ उनले जोड दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप