कांग्रेस केन्द्रीय सदस्य महरले गरे मतदान
आइतबार, ०४ मंसिर २०७९, ०८ : ३६

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले मतदान गरेका छन्। महरले डडेल्धुराको भागेश्वर गागाउँपालिका(३ स्थित गोबिन्दपुरी मावि लामीकाँडे मतदान केन्द्रबाट मतदान गरेका हुन्। उक्त मतदान केन्द्रमा ७ सय ७४ मतदाता रहेका छन्।
मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै महरले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि मतदान गरेको बताए।
डडेल्धुराबाट प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका छन्।