मुलुकमा राजनीतिक ध्रुवीकरण अपरिहार्य भइसकेको छ : शंकर पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा राजनीतिक ध्रुवीकरण अपरिहार्य भइसकेको बताएका छन् ।
आइतबार दाङको तुलसीपर उपमहानगरपालिकास्थित जनता क्याम्पस मतदान केन्द्रबाट मतदान गर्दै उनले यस्तो बताएका हुन् । महासचिव पोखरेलले राजनीतिक परिवर्तनका लागि राजनीतिक दलहरुबीचको सहकार्य विकास र सम्बृद्धिका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता पर्ने भन्दै बलियो राष्ट्रिय शक्ति यो निर्वाचनबाट नेकपा एमाले बनेर देश विकास गर्ने बताए । उनले मुलुकमा बहुमत सहितको राजनीतिक स्थायित्व आवश्यक रहेको बताए ।
मुलुकलाई स्थायित्व, विकास र सम्बृद्धिको आवश्यक भएकाले मुलुकलाई सही दिशा दिन दूरदर्शी नेतृत्व, राजनीतिक स्थायित्व, बलियो राजनीतिक शक्ति पूरा गर्ने काम नेकपा एमालेले गर्ने दावी पोखरेलको छ ।‘मुलुकमा राजनीतिक ध्रुवीकरण अपरिहार्य भइसकेको छ ।राजनीतिक परिवर्तनका लागि राजनीतिक दलहरुबीचको सहकार्य विकास र सम्बृद्धिका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता पर्छ । हामी राष्ट्रिय शक्ति निर्माणको अभियानमा छौँ’, पोखरेलको भनाइ छ ।
उनले नेपालको राजनीतिक दलहरुमा नेकपा एमाले त्यो सामथ्र्य राख्ने बताए । उनले आफ्नो उम्मेदवारी पनि त्यसै प्रयोजनका लागि भएको भन्दै आफू उत्साहित रहेको बताए । ‘म धेरै नै उत्साहित छु, किनभने मुलुकलाई स्थायित्व चाहिएको छ, विकास र सम्बृद्धि चाहिएको छ । त्यस्तो अवस्थामा मुलुकले सही दिशा प्राप्त गर्नका लागि दूरदर्शी नेतृत्व, राजनीतिक स्थायित्व, बलियो राजनीतिक शक्तिको आवश्यकता पर्छ । त्यसमा हामी छौँ’, महासचिव पोखरेलको भनाइ छ । महासचिव पोखरेलले नेकपा एमाले बलियो राष्ट्रिय शक्ति निर्माणको अभियानमारहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण