मुलुकमा राजनीतिक ध्रुवीकरण अपरिहार्य भइसकेको छ : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा राजनीतिक ध्रुवीकरण अपरिहार्य भइसकेको बताएका छन् ।
आइतबार दाङको तुलसीपर उपमहानगरपालिकास्थित जनता क्याम्पस मतदान केन्द्रबाट मतदान गर्दै उनले यस्तो बताएका हुन् । महासचिव पोखरेलले राजनीतिक परिवर्तनका लागि राजनीतिक दलहरुबीचको सहकार्य विकास र सम्बृद्धिका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता पर्ने भन्दै बलियो राष्ट्रिय शक्ति यो निर्वाचनबाट नेकपा एमाले बनेर देश विकास गर्ने बताए । उनले मुलुकमा बहुमत सहितको राजनीतिक स्थायित्व आवश्यक रहेको बताए ।
मुलुकलाई स्थायित्व, विकास र सम्बृद्धिको आवश्यक भएकाले मुलुकलाई सही दिशा दिन दूरदर्शी नेतृत्व, राजनीतिक स्थायित्व, बलियो राजनीतिक शक्ति पूरा गर्ने काम नेकपा एमालेले गर्ने दावी पोखरेलको छ ।‘मुलुकमा राजनीतिक ध्रुवीकरण अपरिहार्य भइसकेको छ ।राजनीतिक परिवर्तनका लागि राजनीतिक दलहरुबीचको सहकार्य विकास र सम्बृद्धिका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता पर्छ । हामी राष्ट्रिय शक्ति निर्माणको अभियानमा छौँ’, पोखरेलको भनाइ छ ।
उनले नेपालको राजनीतिक दलहरुमा नेकपा एमाले त्यो सामथ्र्य राख्ने बताए । उनले आफ्नो उम्मेदवारी पनि त्यसै प्रयोजनका लागि भएको भन्दै आफू उत्साहित रहेको बताए । ‘म धेरै नै उत्साहित छु, किनभने मुलुकलाई स्थायित्व चाहिएको छ, विकास र सम्बृद्धि चाहिएको छ । त्यस्तो अवस्थामा मुलुकले सही दिशा प्राप्त गर्नका लागि दूरदर्शी नेतृत्व, राजनीतिक स्थायित्व, बलियो राजनीतिक शक्तिको आवश्यकता पर्छ । त्यसमा हामी छौँ’, महासचिव पोखरेलको भनाइ छ । महासचिव पोखरेलले नेकपा एमाले बलियो राष्ट्रिय शक्ति निर्माणको अभियानमारहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु श्रमिक सम्बन्धी महासन्धि सी– १८९ अनुमोदन गर्न श्रममन्त्रीलाई ध्यानाकर्षण
-
इरानको हमलाले इजरायलमा क्षति, तस्बिरहरू
-
फेरिए भक्तपुर र अर्घाखाँचीका सीडीओ
-
८२ दिनपछि फेसबुकमा फर्किए रवीन्द्र, हिरासतमा लेखे ३५ कविता
-
कर्णाली प्रदेश सभा : प्रमुख प्रतिपक्ष दलका सांसद नआएपछि संसद् स्थगित
-
एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीविरुद्ध प्रहरीमा चेक अनादरको जाहेरी