४७ वर्षको उमेरमा प्रदीपको संसदमा पहिलो पाइला, तस्बिरमा हेर्नुहोस् जीतको खुसीयाली
मङ्गलबार, ०६ मङ्सिर २०७९, २२ : ५३
नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले ४७ वर्षको उमेरमा संघीय संसदमा प्रवेश पाउने निश्चित भएको छ। उनी काठमाडौं क्षेत्र नम्बर ५ मा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई हराउँदै विजयी भएका हुन् ।
प्रतिनिधिसभामा पहिलो पटक प्रतिस्पर्धा गरेको पौडेलले विजय हासिल गरेर संसदमा प्रवेश गर्ने अवसर पाएका हुन् । उनले १५ हजार २३७ मत पाएका छन् भने एमालेका पोखरेलले १० हजार १७५ मत पाएर पराजित भए । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रणय शमशेर राणाले ५ हजार ४३७ मत पाए ।
पौडेल विजयी भएसँगै कार्यकर्ता र शुभेच्छुकले मतगणनास्थल टोखामा खुसीयाली मनाएका छन् । सो अवसरमा पौडेलले समर्थकलाई धन्यवाद ज्ञान गर्दै आफूले राम्रो गर्न प्रयास गर्ने बताए ।
हेर्नुहोस् जीतको खुसीयालीका तस्बिरहरुः









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण