नोबेलले मनायो दीर्घ दम रोग दिवस

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले विश्व दीर्घ दम रोग दिवस मनाएको छ । नोबेलको छाती तथा फोक्सो बिभागले बजारमा प्रभातफेरी गरेर दीर्घ दम रोग दिवस मनाएको हो ।
नोबेल अस्पतालबाट सुरु भएको जुलुश कञ्चनवारी, एयरपोर्टमोड हुँदै पुनः नोबेल अस्पतालमै आइपुगेको थियो । जुलुशमा नोबेल अस्पतालका डाक्टर, कर्मचारी, विद्यार्थी लगायत सहभागि थिए । नेपालमा दीर्घ दम रोगलाई मृत्युको प्रमुख कारण मानिन्छ ।
दम रोगको मुख्य कारण चुरोट, बिंडी सेवन गर्नु हो । नियमित एवं उचित औषधि र परामर्शको कमीले पनि यसलाई बढवा दिइरहेको हुन्छ । एलर्जी वा अन्य कुनै पनि कारणले क्रोनिकरूपमा हुने आस्थामा पनि (दम) रोग लाग्छ । नियमित परीक्षण र उपचारले दम रोगलाई कम गर्न, नियन्त्रणमा राख्न सकिन्छ । यही कारण दम रोगलाई रोकथाम गर्न सकिने रोग भनेर परिभाषित गरिएको छ । उपचारका लागि नियमित चिकित्सकको परामर्शमा बस्ने र औषधि सेवन गर्नुपर्छ । दम रोगमा जुनजुन चिजले बिगार गर्ने हो, त्यसबाट बच्न चिकित्सकको सुझाव छ ।
नोबेल अस्पतालका छाती तथा फोक्सो रोग बिशेषज्ञ प्रा.डा.रामहरी घिमिरे औषधिभन्दा धुलो, धुवाँ, चिसो, चुरोटबाट टाढै रहनु नै दमबाट जोगिने उत्तम उपाय रहेको बताउँछन् । अहिले नोबेलको फोक्सो बिभागमा दैनिक दुई सय भन्दा बढी विरामीहरु उपचारका लागि आउने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक : सांसदले उठाए सडक स्तरोन्नतिको विषय
-
बागलुङ–पोखरा सडक दैनिक आठ घण्टा बन्द हुने
-
महिला सहभागिता पुरुष बराबर बनाउने कुरालाई राजनीतिक दलले बेवास्ता गरे : तीर्थमान शाक्य
-
रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु
-
कर्णालीमा धमाधम पक्राउ पर्दै फरार प्रतिवादी
-
२०३६ सालमा उद्घाटन भएको बाटो बनाउन मन्त्रीलाई रुलिङ होस् : सांसद अनिशा नेपाली