न्यूयोर्कमा सुर सुधासँग रमाए अमेरिकी नागरिक
नेपालको लोकप्रिय सांगीतिक समूह सुर सुधाले आफ्नो सुमधुर संगीतमार्फत न्यूयोर्कवासीलाई मन्त्रमुग्ध पारेको छ । न्यूयोर्क उडसाइडस्थित धर्म हाउसमा १२ नोभेम्बर शनिबार आयोजित गाला डिनरसहितको सांगीतिक कार्यक्रममा सुर सुधाले प्रस्तुत गरेको मौलिक गीत संगीतमा नेपालीमात्र होइन्, अमेरिकी पनि रमाए ।
उक्त कार्यक्रममा सुर सुधाका संस्थापक सुरेन्द्र श्रेष्ठ (तबला), रमन महर्जन (बाँसुरी), सरस्वती खत्री (गायन) र विकास सुनार (गीतार) ले विभिन्न गीत संगीत प्रस्तुत गरेका थिए । आफ्नो प्रस्तुतिका क्रममा सुर सुधाका संस्थापक श्रेष्ठले आयोजकप्रति धन्यवाद दिँदै दर्शकको माया, ताली र प्रशंसा नै आफूहरूको सम्पत्ति रहेको बताए ।
उनले दर्शककै मायाका कारण विगत ३० वर्षदेखि संगीत सृजना गर्ने अवसर प्राप्त भएको पनि उल्लेख गरे । उक्त कार्यक्रम बुद्ध ट्याक्स एण्ड अकाउण्टिङ, नमस्ते ग्रुप, रेभल इभेन्ट्स इंक र नवराज केसीको संयुक्त आयोजनामा भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण