महासचिव पोखरेललाई हराउने शर्मा को हुन् ?
नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य रेखा शर्माले नेकपा एमाले महासचिव शंकर पोखरेललाई झिनो मत अन्तरले पराजित गरिन । दाङ क्षेत्र नम्बर २ बाट एमालेका महासचिव पोखरलाई माओवादीकी शर्माले १९६ मत अन्तरले पराजित गरिन् ।
शर्माले २६ हजार ८ सय ७७ मत ल्याउँदा पोखरेलले २६ हजार ६ सय ८१ मत मात्रै ल्याएका छन् । माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा चुनाव लड्न डराएपछि शर्मा पार्टीबाट उम्मेदवारी भएकी थिइन् । पहिलो संविधानसभा चुनावमा प्रत्यक्ष र समानुपातिक दुवैमा नपरेकी शर्मा दोस्रो संविधानसभा चुनावमा समानुपातिक सांसद भएकी थिइन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सामान्य प्रशासन मन्त्री भएकी थिइन् । ।
यस्तै २०७४ सालको चुनावमा प्रत्यक्ष चुनाव लड्न खोजेपनि क्षेत्रको समस्या भएपछि समानुपातिक सांसद भएकी थिइन । शर्मा लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्काकी श्रीमती समेत हुन् ।
खड्का पार्टीको पोलिटब्युरो सदस्य छन् भने शर्मा पार्टी स्थायी समिति सदस्य हुन् । शर्मा र खड्का दुवै अनेरास्ववियूको क्रान्तिकारी राजनीतिबाट उदाएका नेता हुन् । तत्कालीन माओवादीले सञ्चालन गरेको जनयुद्धमा दुवै जनाले नेपाली सेनाबाट कठोर यातना समेत पाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजको मौसम : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल