डोल्पा (ख) मा बहालवाला मन्त्रीलाई एमाले उम्मेदवारको चुनौती
बिहीबार, ०८ मङ्सिर २०७९, १७ : ५५
हिमाली जिल्ला डोल्पामा कर्णालीका बहालवाला उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री वीरबहादुर शाहीलाई नेकपा एमालेका धनचन्द्र बैजीले चुनौती दिइरहेका छन् । प्रदेश सभा (ख) अन्तर्गत पछिल्लो नतिजा अनुसार बैजीले शाहीलाई ३७१ मतान्तरले पछि पारेका हुन् ।
बैजीको पक्षमा २ हजार ७४० मत आउँदा माओवादीका शाहीलाई २ हजार ३६९ मत प्राप्त भएको छ । यस्तै राप्रपाका बौद्ध सिंह कठायतले २४६ मत प्राप्त गरेका छन् भने ३२ मत बदर रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविले संसद्मा बोल्न माग गरेकोबारे कांग्रेस पदाधिकारी बैठकमा छलफल
-
जसपा नेपालको बैठकमा अशोक र राजेन्द्रको सत्तोसराप
-
संविधानको धारा १६८(५) दोस्रो पटक प्रयोग, बिहीबार दाबी पेश हुने
-
हैदराबाद र हेडसामु लखनउ पहिलोपटक नतमस्तक
-
संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको आह्वान
-
हेलमेटभित्र लुकाएर लागुऔषध ओसारपसार गर्ने दुई युवक पक्राउ