शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कैलाली २ नागरिक उन्मुक्ति झिनो मतान्तरले पुनः अगाडि

बिहीबार, ०८ मङ्सिर २०७९, १९ : १०
बिहीबार, ०८ मङ्सिर २०७९

कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका लागि त्रिपक्षीय कडा प्रतिस्पर्धा भइरहेको छ ।

सत्तारुढ गठबन्धनका साझा उम्मेदवार बनेका नेकपा माओवादीका भगत बडूवाल, नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरी र नेकपा एमालेका झपट रावलबीच कडा प्रतिस्पर्धा भएको हो । 

३२ हजार ८५२  मत गणना हुँदा नागरिक उन्मुक्तिका उम्मेदवार अरुण चौधरीले नौ हजार ८२० मत ल्याएका छन् । यस्तै नेकपा माओवादी केन्द्रका बडूवाल नौ हजार ४८८ र नेकपा एमालेका रावलले नौ हजार १३१ मत ल्याएका हुन् । तीनै जनाबीच छिनछिनमा अग्रताको होड चलिरहेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप