फ्राइडे रिलिज : ‘मिलन’ भर्सेस ‘भेडिया’

फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट फिल्म ‘मिलन’ प्रदर्शनमा आएको छ । खासै प्रचारप्रसार नगरिएको फिल्म देशभर एकसाथ रिलिज भएको हो । यद्यपि देशभरका फिल्म हल ‘मिलन’ ले भने पाउन सकेको छैन । कतिपय हलमा ४ साता अगाडि प्रदर्शनमा आएको फिल्म ‘महापुरुष’ र आजैबाट प्रदर्शनमा आएको अभिनेता वरुण धवनको बलिउड फिल्म ‘भेडिया’ ले ओगटेको छ ।
‘मिलन’ टेक पौरखी राईद्वारा निर्देशित फिल्म हो । मंगलवार प्रिमियर गरिएको फिल्मले प्रिमिएमा सकारात्मक प्रतिक्रिया प्राप्त गरेको थियो । फिल्मले मल्टीप्लेक्स र सिंगल थिएटरमा भने राम्रो शो पाएको छैन ।
‘मिलन’ मा सलोन बस्नेत, कुशल शाह ठकुरी, शिल्पा थापा, शिशिर बांग्देल, सुमिन गुरुङ, जानुका पौडेल, रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापा मगर, विशाल पहारीको अभिनय छ । एक युवतीका कारण दुई साथीको मित्रतामा आउने दरारमा फिल्म केन्द्रित छ ।
बलिउड फिल्म ‘भेडिया’ भारतसँगै नेपालमा पनि प्रतीक्षित फिल्म हो । फिल्मले नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्ससहित राजधानी र मोफसलका राम्रो शो पाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र उत्तराखण्डका मन्त्रीबिच भेटवार्ता
-
भारतले निर्माण गरिरहेको तटबन्ध रोक्न एमालेले गर्यो सरकारलाई आग्रह
-
१० बजे, १० समाचार : तीन दलको बार्गेनिङदेखि एनआरएनएको एकता महाधिवेशनसम्म
-
पश्चिमबाट पूर्वतर्फ सर्दै बादल, ठाउँ ठाउँमा वर्षा
-
शाक्यको ‘करूणा’ माथि धुलिखेलमा विमर्श
-
कोहलीको रेकर्ड, सेफर्डको विस्फोटक ब्याटिङ : चेन्नईसामु विशाल लक्ष्य