शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

जुम्लामा आगलागीबाट चार तले घर जलेर नष्ट

शुक्रबार, ०९ मङ्सिर २०७९, २० : १४
शुक्रबार, ०९ मङ्सिर २०७९

जुम्लामा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार चन्दननाथ नगरपालिका ३ निवासी लालबहादुर खत्रीको घर जलेर नष्ट भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार ४ तले १७ कोठे घर जलेर नष्ट भएको छ । बिहीबार राति साढे २ बजे आगलागी भएको रहेछ । तर प्रहरीलाई बिहान ६ बजे मात्रै खबर भएको थियो । वडाध्यक्ष रतन खत्रीका अनुसार आगलागीबाट मानवीय क्षति भने भएको छैन ।

घटना पछि चन्दननाथ नगरपालिकाले बैठक बसेर  ६० हजार तत्कालका लागि राहत दिने निर्णय गरेको वडाध्यक्ष खत्रीले जानकारी दिए  । प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीका अनुसार जिल्ला प्रशासन कार्यालयमा आकस्मिक  बैठक बसेर राहतको लागि छलफल भएको छ । जिल्ला प्रशासनले नियमानुसार दिने २५ हजार पनि राहत उपलब्ध गराइनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप