बलात्कार आरोपमा किशोर पक्राउ
शुक्रबार, ०९ मंसिर २०७९, २१ : ३१

जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले दाङबाट एकजना किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१७ घर भएका १८ वर्षीय किशोर छन् ।
उनले १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ । बिहीबार किशोरीले प्रहरीमा बलात्कारको जाहेरी दिएकी थिइन् । जाहेरी आएपछि प्रहरी चौकी गोग्लीबाट खटिएको टोलीले किशोरलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।