कपिलवस्तु–२ मा कांग्रेसका आचार्य निर्वाचित
शनिबार, १० मङ्सिर २०७९, १४ : १४

कपिलवस्तु निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य पदमा नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्य निर्वाचित भएका छन् । आचार्यले नेकपा (एमाले) का बृजेशकुमार गुप्तालाई पराजित गरेका हुन् । उनले ३९ हजार १४ मत ल्याएर विजयी हुँदा पराजित भएका गुप्ताले ३८ हजार ६ सय ९७ मत पाएका छन् ।
यस्तै कपिलवस्तु–२ प्रदेशसभा (२) मा नेपाली कांग्रेसका सुधाकर पाण्डेय निर्वाचित भएका छन् । उनी आठ सय ९१ मतान्तरले निर्वाचित भएका हुन् । पाण्डेयले १४ हजार एक सय ८५ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका धर्मबहादुर लाल श्रीवास्तवले १३ हजार तीन सय ९४ मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही
-
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
-
डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर