राज्यले थेग्न नसक्ने भयो, सामाजिक सुरक्षालाई नयाँ ढङ्गले समीक्षा गर्नुपर्छ : गोकर्ण विष्ट
मङ्गलबार, ३० वैशाख २०८२, १३ : ५४
काठमाडौँ । नेकपा एमलेका सांसद गोकर्ण विष्ट सरकारले दिँदै आएको सामाजिक सुरक्षालाई नयाँ ढङ्गले समीक्षा गर्नुपर्ने बताएका छन् । सामाजिक सुरक्षाको दायरा अहिलेको जस्तै फराकिलो हुँदै जाँदा राज्यले थेग्न नसक्ने भन्दै उनले यसलाई आगामी बजेटले समीक्षा गर्नुपर्ने उल्लेख गरेका हुन् ।
बजेटको सिद्धान्त तथा प्रथामिकताबारेको छलफलमा भाग लिँदै उनले अब सबै वर्ग भन्दा लक्षित वर्गलाई मात्रै केन्द्रित गर्ने गरी लक्ष्य पुनरावलोकन गर्नुपर्ने उल्लेख गरे ।
सांसद विष्टले अबको बेरोजगारी सम्बोधन बजेटको पहिलो मुद्दा हुनुपर्ने बताए । प्रत्येक वर्ष १४ देखि २५ वर्ष उमेर समूहको श्रमशक्ति प्रत्येक वर्ष ५ लाखको हाराहारीमा श्रम बजारमा आउने गरेको र प्रत्येक महिना ६५ हजार बिदेसिन गरेको भन्दै यसलाई सुधार गर्नुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण