इलाम- २ मा फेरि मतगणना सुरू
शनिबार, १० मङ्सिर २०७९, ०९ : ००

इलाम क्षेत्र नम्बर २ मा फेरि मतगणना सुरू भएको छ। शनिबार दिउँसो हस्ताक्षर नभएको मतपत्र भेटिएको भन्दै कांग्रेस कार्यकर्ताहरूले विरोध गरेपछि सो क्षेत्रको मतगणना स्थगन गरिएको थियो । अहिले फेरि राति सवा ९ बजे सिटी हल इलाममा मतगणना सुरु भएको निर्वाचन कार्यालयले जनाएको छ।
एउटा मतदान केन्द्रको मतगणना बाँकी रहँदा कांग्रेस कार्यकर्ता मतपत्रका विषयमा विवाद निकालेका थिए । यो क्षेत्रमा नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङ १५० मतले अगाडि छन् । नेम्वाङले २९ हजार १ सय ३५ मत पाएका छन् भने उनका निकट प्रतिस्पर्धी कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार ५ मत पाएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु
-
मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षा
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी
-
सहरका कथा पनि मौलिक हुन्छन्– केकी अधिकारी