सात दिनमा ४ अर्बले बढ्यो बैंकिङ निक्षेप
आइतबार, ११ मंसिर २०७९, १७ : ५९

गएको साता दिनमा बैंकहरुमा ४ अर्बले निक्षेप बढेको छ । नेपाल बैंकर्स संघले दिएको रिपोर्ट अनुसार मंसिर २ गतेदेखि मंसिर ९ गतेसम्ममा २६ वटा वाणिज्य बैंकहरुले ४ अर्ब रुपैयाँले निक्षेप बढाउँदै कुल ४५ खर्ब ६२ अर्ब रूपैयाँ पुर्याएका छन् ।
यस्तो निक्षेप अघिल्लो हप्ता अर्थात् मंसिर २ गतेसम्ममा बैंकहरुले ४५ खर्ब ५८ अर्ब रूपैयाँ संकलन गरेका थिए । यस्तै समीक्षा अवधिमा बैंकहरुले तीन अर्बले कर्जा लगानी बढाएको संघको रिपोर्टले देखाएको छ । मंसिर २ गतेसम्म ४२ खर्ब १९ अर्ब लगानी गरेकामा बैंकहरुले मंसिर ९ गतेसम्म अर्थात् साता दिनमा ३ अर्ब रूपैयाँले कर्जा विस्तार गर्दै ४२ खर्ब २२ अर्ब लगानी गरेका छन् ।
समग्रमा कात्तिक मसान्तको तुलनामा मंसिर लागेपछि बैंकहरुले १ अर्ब रूपैयाँले निक्षेप गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघीयतामाथि प्रश्न गरेर द्वन्द्व ननिम्त्याऔँ : महासचिव गौतम
-
के नेपालमा अमेरिकामा जस्तै साइबर हमला भएको हो ?
-
माग सम्बोधन नभएसम्म नागरिक उन्मुक्ति कुनै पनि सरकारमा सहभागी नहुने
-
पूर्वी युक्रेनमा रुसी आक्रमण, ३ जनाको मृत्यु
-
श्रीलङ्काको अर्थतन्त्र २०२४ सम्ममा सुधार हुन्छ : राष्ट्रपति विक्रमासिङ्घे
-
इरानमा दुई दिनमा तीन सडक दुर्घटना, ९ जनाको मृत्यु