राप्रपा राष्ट्रिय पार्टीमा पुनरागमन

संसदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रिय पार्टीको रुपमा पुनरागमन भएको छ । २०७४ को प्रतिनिधि सभाको निर्वाचनमा १ सिट मात्र ल्याएको राप्रपाले यसपटक प्रत्यक्षतर्फ ७ सिटमा विजयी भइसकेको छ भने राष्ट्रिय पार्टी बन्ने निश्चित भएको छ ।
राप्रपाले अहिलेसम्म समानुपातिकतर्फ ५ लाख १६ हजार मत कटाइसकेको छ । यस हिसाबबाट समानुपातिकमा राप्रपाले ७ देखि ८ सिट पाउने निश्चित भएको छ । २०७४ को निर्वाचनमा राप्रपा राष्ट्रिय पार्टीको रूपमा स्थापित भएन । राप्रपाबाट राजेन्द्र लिङ्देन मात्र संसद्मा विजयी भएका थिए । त्यतिबेला राप्रपा ३ वटा पार्टीको रूपमा विभाजित भएको थियो । कमल थापाले नेतृत्व गरेको राप्रपा, पशुपति शमशेर राणाले नेतृत्व गरेको राप्रपा (प्रजातान्त्रिक) तथा डा. प्रकाशचन्द्र लोहनीले नेतृत्व गरेको एकीकृत राप्रपा (राष्ट्रवादी) छुट्टाछुट्टै पार्टीको रूपमा चुनावमा होमिएका थिए । त्यतिबेला राप्रपाबाट लिङ्देन मात्र विजयी भएका थिए । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक सुरु
-
फोन पे एपमार्फत बिना इन्टरनेट भुक्तानी गर्न सकिने
-
२० वर्ष सेवा गरेका प्राध्यापकहरु सम्मानित
-
जीडीपीमा सहकारीको योगदान २० प्रतिशत माथि छ : सचिव डा.रेग्मी
-
विमानस्थलको सुधार चित्त बुझ्दो छैन, अझै प्रयत्न गर्नुहोस् : मन्त्री किराँती
-
ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा आमा छोराको मृत्यु