सामसङ मोबाइल खरिदकर्ताले जिते ‘रेनल्ट क्वीड’

सामसङ मोबाइलको दशैँ विशेष ‘यो वर्षको दशैँ उपहार डेल्ली टीभी, दामी कार’ अफरमा एकजना भाग्यशाली ग्राहक ‘रेनल्ट क्वीड’ जितेका छन् । गत अगस्टको २८ गतेदेखि सेप्टेम्बर ३० सम्म चलेको अफरमा २६ जना ग्राहकले एक–एक वटा ६५ इन्चको सामसङ टि भी पाएका छन् भने एक भाग्यशाली विजेताले बम्पर पुरस्कारमा रेनल्ट क्वीड जितेको कम्पनीले जनाएको छ । हालैमात्र एक कार्यक्रमकाबीच कम्पनीले विजेताहरूलाई पुरस्कार वितरण गरेको छ ।
तोकिएको समयावधिभित्र कुनै पनि सामसङको आधिकारिक आउटलेट वा इ-कमर्स साइटबाट सामसङको कुनै पनि स्मार्टफोन वा ट्याब्लेट खरिद गर्ने ग्राहकहरूलाई उपहार योजनामा सामेल गराइएको थियो । सो अवधिभर दैनिक बिजेताहरु हरेक हप्ता पी.ए.एन नेपालद्वारा सामसङको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारणमा घोषित गरिएको थियो भने लटरी ५ सेप्टेम्बेरबाट सुरु हुँदै ५ हप्ता सम्म भएको थियो ।
सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले भने– ‘सर्वप्रथम त म सबै भाग्यशाली विजेताहरूलाई बधाई दिन चाहन्छु । सामसङले सँधै ग्राहकको कदर गर्दै उहाँहरूको लागि बर्षैभरी केहि न केहि नयाँ र रोमाञ्चक अफरहरु लिएर आइरहेको हुन्छ । यसैको निरन्ततास्वरुप यो योजना सञ्चालन गरेका हौँ । थप कम्पनीले नयाँ नयाँ प्रोडक्टसँगै ग्राहक केन्द्रित योजनाहरु ल्याउनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कार्यतालिका
-
प्रहरीको ३० वर्षे हटाउने प्रस्ताव : घुमिफिरी रुम्जाटार
-
सरकारलाई खर्च जुटाउनै मुस्किल : अघिल्लो वर्षको १ खर्ब ८२ अर्बको टेको
-
संसद्मा उठेका प्रश्नहरूको जवाफ दिने विषयमा सत्तारुढ दलबीचमै मत बाझियो
-
कांग्रेस दुई दर्जन केन्द्रीय सदस्यबीच छलफल, देउवालाई भेटेर ध्यानाकर्षण गराउने निर्णय
-
माओवादी पदाधिकारी बैठक : गृहमन्त्री माओवादीको हुनुपर्नेमा नेताहरुको जोड