उदयपुर–१ मा मतगणना गर्न आयोगको निर्देशन

निर्वाचन आयोगले उदयपुर क्षेत्र नम्बर–१ मा स्थगित भएको मतगणना सुचारु गर्न निर्देशन दिएको छ । सोमबार आयोगले उदयपुरका मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई पत्र लेख्दै यसअघि मतगणना पूर्व भएको सहमती अनुसार मतगणना गर्न भनेको हो ।
‘सो सम्बन्धनमा मतगणना पूर्व जे जस्तो सहमति भएको हो सो सहमतिका आधारमा मतगणना कार्यलाई निरन्तरता दिन सम्बन्धित मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिने’, आयोगका उप–सचिव ऋषिराम अर्यालले जारी गरेको पत्रमा भनिएको छ ।
आयोगले दोहोरो मतदान भएकोमा मंसिर ४ गते को आयोगको पत्र बमोजिम मतगणनालाई निरन्तरता दिनसमेत भनेको छ । प्रतिनिधिसभाको मतगणनाका क्रममा प्रदेशसभाको मतपत्र भेटिएपछि विवाद हुँदा आइतबारबाट गणना रोकिएको थियो ।
उदयपुर क्षेत्र नं.१ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका डा.नारायण खड्का र नेकपा एमालेबाट मन्जुकुमारी चौधरी प्रतिस्पर्धामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ कम्युनिस्ट पार्टी बदल्ने राष्ट्रपति सीका ८ नियमबारे नेपालमा चर्चा
-
संयुक्त जनआन्दोलन समितिले ७७ वटै जिल्लामा सङ्गठन विस्तार गर्ने
-
बाँकेको कोहलपुरमा फेन्सी पसलमा आगलागी
-
मौरीपालक किसानको सङ्ख्या बढ्यो, उत्पादन भने घट्यो
-
ट्रम्पविरुद्ध हजारौँ मानिस सडकमा
-
राप्रपाको प्रदर्शनमा सीमित नेता मात्रै सहभागी हुने