नक्कली प्रशासकीय अधिकृत पक्राउ

जिल्ला प्रहरी कार्यालय बागलुङले नक्कली कर्मचारीलाई पक्राउ गरेको छ । प्रहरीले जिल्ला प्रशासन कार्यालय बागलुङको प्रशासकीय अधिकृत बताई ठगी गर्ने गोरखाको सहिद लखन गाउँपालिका–४ का बुद्धिमान परियारलाई पक्राउ गरेको हो ।
प्रहरीले बजारमा ठगी गरेको भन्ने सूचना पाएपछि बागलुङ नगरपालिका–३ गुठी स्थित प्रशासन कार्यालय परिसरबाट परियारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी गंगाबहादुर थापाले जानकारी दिए । प्रहरीले निजामती कर्मचारीको पोसाकसहित विभिन्न कार्यालयका छाप र दस्तखत भएका पत्रहरू र आकाशचन्द्र परियार प्रशासकीय अधिकृतको रबर छाप बोकिरहेको अवस्थामा फेला पारेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।
पक्राउ परेका परियार बसेको होटलको कोठामा गई खानतलासी गर्दा विभिन्न सरकारी कार्यालयका छाप र दस्तखत भएका पत्र, विभिन्न कार्यालयका छापहरू (स्ट्याम्प), ल्यापटप, नगद रु ६३ हजार, पेनड्राइभ लगायतका दसीका सामान फेला पारेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूको प्रश्न, ‘नेपाल विश्वविद्यालय किन खोल्नुपर्यो ?’
-
दुर्गमका जिल्लामा गोठालो भत्ता प्रभावकारी
-
माओवादी केन्द्रको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित
-
खुदोबाट आर्थिक समृद्धिको प्रयासमा मालेपाटन ढोडबेँसीवासी
-
बागमतीमा ३ मन्त्रालय घट्दा वार्षिक २ करोड बढी रकम जोगिने
-
यस्तो छ तरकारी तथा फलफूलको आजको मूल्यसूची