एमालेकी भगवती जितको नजिक, विजयको संसद यात्रामा ब्रेक

प्रदेश १ को सुनसरी ३ नम्बर क्षेत्रमा १० हजार ६ सय ३४ मत गन्न बाँकी हुँदा ६ हजार ३३५ मतले नेकपा एमाले नेतृ भगवती चौधरी अगाडि छिन् । यो अग्रतासँगै चौधरी जितको नजिक रहेकी छिन्।
प्रतिनिधिसभा निर्वाचन मतगणना जारी रहेको सुनसरी क्षेत्र नम्बर ३ मा एमालेकी भगवती चौधरीले ३६ हजार ९३६ मत प्राप्त गरिन् भने उनका निकटतम प्रतीद्वन्दी कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारले ३० हजार ६०१ मत प्राप्त गरेका छन् ।
आज बिहान ६ बजे सम्मको पछिल्लो गणनामा चौधरीले काँग्रेसका विजयकुमार गच्छदारलाई ६ हजार ३३५ मतान्तरले पछि पारेकी छन् । योसँगै यसअघि लगातार ६ पटक निर्वाचित भएका गच्छदारको संसद यात्रामा ब्रेक लाग्ने निश्चित भएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले ६२६९ मत पाएका छन् ।
अब बर्जु गाउँपालिकाको ४, ५ र ६ नम्बर वडाको १० हजार ६ सय ३४ मत मतगणना गर्न बाँकी रहेको छ । सुनसरी ३ (२) प्रदेश सभामा समेत नेकपा एमालेका उम्मेदवार रामदेव यादव नेपाली कांग्रेसका उम्मेदवार बिन्देश्वर यादव भन्दा ८ सय १४ मतले अगाडि छन् ।
सुनसरी ३ प्रदेश सभा (२)तर्फ बर्जु गाउँपालिकाको ५ र ६ नम्बर वडाको ७ हजार ६ सय ६६ मत मतगणना बाँकी रहेको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस सभापति देउवा किन जाँदै छन् थाइल्यान्ड ?
-
‘आचरणसम्बन्धी व्यवस्था उल्लंघन नगरे कालोसूचीमा परिँदैन’
-
चिनियाँ कम्युनिस्ट पार्टी बदल्ने राष्ट्रपति सीका ८ नियमबारे नेपालमा चर्चा
-
संयुक्त जनआन्दोलन समितिले ७७ वटै जिल्लामा सङ्गठन विस्तार गर्ने
-
बाँकेको कोहलपुरमा फेन्सी पसलमा आगलागी
-
मौरीपालक किसानको सङ्ख्या बढ्यो, उत्पादन भने घट्यो