शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

र्‌यापरले अफिसका कर्मचारीलाई देखाए पूर्व श्रीमतीसँगको अन्तरंग फोटो ? हुनेछ अनुसन्धान

मङ्गलबार, १३ मङ्सिर २०७९, ११ : २४
मङ्गलबार, १३ मङ्सिर २०७९

हलिउडकी रियालिटी टिभी स्टार किम कार्दासियनका पूर्व श्रीमान् तथा र्‌यापर कान्ये पेस्ट मुश्किलमा फसेका छन् । स्पोर्ट्सवेयर कम्पनी एडिडासले उनीविरुद्ध अनुसन्धान सुरु गर्ने निर्ण गरेको छ । यो निर्णय कान्येविरुद्ध शोषणको उजुरी परेपछि लिइएको हो । र्‌यापरले कम्पनीको मिटिङमा कर्मचारीलाई एडल्ट फिल्म देखाएको आरोप छ ।

कान्ये वेस्टमाथि लाग्यो आरोप

कान्ये वेस्ट, र्‌यापरका साथै फेसन डिजाइनर पनि हुन् । एडिडाससँग कान्ये वेस्टको पार्टनरसिप १.५ बिलियन डलरमा भएको थियो । उनले डिजाइन गरेको सामानलाई Yeezy x Adidas नामबाट बजारमा उतारिएको थियो । यद्यपि, कान्ये वेस्टको ट्विट स्क्यान्डलपछि कम्पनीले यो पार्टनरशिपलाई समाप्त गर्ने घोषणा गरेका थिए । अब एडिडासका एक कर्मचारीले नाम नखुलाइकन कान्ये वेस्टमाथि गम्भीर आरोप लगाएका छन् ।

ती कर्मचारीले बताए अनुसार कान्ये वेस्टले कर्मचारीलाई एडल्ट कन्टेन्ट देखाए । यतिमात्रै होइन, जब इन्टरभ्यूका बेला मानिसहरुलाई आफ्नी पूर्व श्रीमती किम कार्दासियनको अन्तरंग फोटो पनि  देखाउने गर्दथे । ती व्यक्तिका अनुसार एडिडासको व्यवस्थापन विभागले वेस्टको ‘अचम्मको र तनाव दिने खालको व्यवहारलाई’ नजरअन्दाज गरे । उक्त चिट्ठीमा एडिडासले आफ्नो मोरल कम्पस बन्द गरेको पनि लेखेका छन् । उनीहरुले आफ्नो कर्मचारीमाथि वर्षौँदेखि चलिरहेको भर्बल अब्युज, अश्लिल व्यवहार र तनाव दिने खालको आक्रमणबाट बचाएनन् ।

कम्पनीले लियो ठूलो निर्णय

एडिडासले आफ्नो बयानमा बताए अनुसार नाम बिनाको त्यो पत्र कसले लेखेको भन्ने स्पष्ट हुन सकेको छैन । तर आफूहरुले यो आरोपलाई गम्भीरताका साथ लिएको पनि बताएका छन् । कान्ये वेस्टमाथि लागेको सबै आरोपमाथि कारवाही गर्नका लागि आफूहरुले स्वतन्त्र अनुसन्धान सुरु गर्ने निर्णय लिएको पनि बताए ।

सन् २०१७ मा कान्ये वेस्ट एडिडासको डिजाइन टिमकी एक महिला कर्मचारीमाथि नराम्रोसँग चिच्याएका थिए भन्ने जानकारीमा उल्लेख छ । उनका अनुसार ती महिला कर्मचारीले बनाएको Yeezy स्निकर उनको स्ट्यान्डर्डको नभएको भन्दै उनलाई अपशब्द प्रयोग गरेर गालीसमेत गरेका थिए ।

पहिला नै धेरै कुरा गुमाइसकेका छन् कान्ये

अक्टोबर सन् २०२२ मा कान्ये वेस्टले एक विवादित ट्वीटका कारण धेरै कुरा गुमाइसकेका छन् । आफ्नो अचम्मको र हिंस्रक व्यवहारका लागि परिचित वेस्टले यहुदी विरोधी ट्वीट गरेका थिए । यो ट्वीटमा बेस्सरी हंगामा भएको थियो । सोसल मिडियामा उनलाई ट्रोल गरियो । साथै, उनको विरोध पनि भयो । जनताको आक्रोशका कारण कान्ये वेस्टविरुद्ध ठूला कम्पनी पनि खडा भए । विश्वका थुप्रै ब्रान्ड एडिडास, ब्यालेन्सीआगा, ग्याप र भोगले र्‌यापरसँग आफ्नो पार्टनरशीप समाप्त गरेका थिए । यसका कारण र्‌यापरलाई एकै दिन २५ करोड रुपैयाँको घाटा लागेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप