आयोजना अलपत्र पार्ने १२ निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १४ मंसिर २०७९, ११ : ५९
समयमै आयोजनाको निर्माण सम्पन्न नगर्ने दर्जन कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमै निर्माणका काम नसक्ने ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको हो ।
भरत–सप्तकोसी जेभी, हाइवे कन्स्ट्रक्सन, विधि बिउल्डर्स, माईबाबा एन्ड नारा नक्सट्रक्सन सेवा, अनुकूल निर्माण सेवा कालोसूचीमा परेका छन् । हाइग्रीभा सिद्धि साई प्रकाश जेभी, पाँचखाल कन्सट्रक्सन, प्रभु निर्माण सेवा, सिद्धिजनक कन्स्ट्रक्सन एन्ड सप्लायर्स, एमएसके निर्माण लेखा, सुमदिवी कन्ट्रक्सन, समेत कालोसूचीमा परेका छन् ।
निलगिरी निर्माण सेवा र नेशनल डेभलपमेन्ट प्रालि समेत कालोसूचीमा परेका छन् । यी २ वटा कम्पनी जेभी रहेको समेत कार्यालयले जानकारी दिएको छ । यीमध्ये २ वटा ठेकेदार कम्पनीलाई २ वर्षको र बाँकी १० वटा कम्पनीलाई १ वर्षका लागि कालोसूचीमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के नेपालमा अमेरिकामा जस्तै साइबर हमला भएको हो ?
-
मनाङ अस्पतालमै छैन एम्बुलेन्स
-
‘सर्भर डाउन’ हुँदा अन्तर्राष्ट्रिय उडान दुई घण्टा अवरुद्ध
-
नेपाल विद्यार्थी संघ रोल्पाको अध्यक्षमा जिसी
-
संघीयतामाथि प्रश्न गरेर द्वन्द्व ननिम्त्याऔँ : महासचिव गौतम
-
संविधानको कार्यान्वयन हेर्नका छुट्टै निकाय आवश्यक : पूर्वसभामुख ढुंगाना