शुक्रबार, २० माघ २०७९
ताजा लोकप्रिय

चुनावी परिणामको आयामहरू

बुधबार, १४ मंसिर २०७९, १३ : ०२
बुधबार, १४ मंसिर २०७९

उत्तरआधुनिकतावादी राजनैतिक चिन्तकहरूले दसकौं पहिले नै इतिहास, दर्शन र विचारको अन्त्य भएको वकालत गरेका थिए । उनीहरूले सारा संसार गोरेटोविहीन निष्पट्ट अँध्यारो सुरुङतर्पm छिर्दै गएको दावी गरे । तर उनीहरूको चिन्तन जीवन्त ऐतिहासिक भौतिकवादी दर्शनबाट निर्देशित थिएन ।

द्वन्दवादले हरेक वस्तु वा सत्ताको उत्पति, विकास, विनाश अनि पुनः नयाँ रुपान्तरण वा विशेषता सहितको जन्म हुन्छ भन्ने मान्यता राख्दछ । वस्तुतः त्यो अघिल्लो भन्दा गुणात्मक रुपमै सही र प्रगतिशील हुन्छ । यही भौतिकवादी प्रस्तावनाअनुरुप माक्र्सवादी चिन्तकहरूले कुनै पनि वस्तु, सत्ता, समाज र राजनीतिको जन्म, विकास, मृत्यु पछि पुनः नयाँ गुणसहितको जन्मिने वा पैmलिने सार्वभौम तथ्यहरूलाई अघि सार्दै आएका छन् ।

    वास्तवमा उत्तर–आधुनिकतावादको जन्म पुँजीवादी आधुनिकताको पराकाष्ठामा भएको देखिन्छ । यो पुँजीवादी आधुनिकता भित्रको नकारात्मक आयामहरूको उर्वर भूमिमा पैदा भएको साँस्कृतिक चिन्तन हो । यसकारण यसका अनुयायीहरूले संसारमा यो भन्दा उन्नत अवस्था वा व्यवस्थामा जानुपर्ने, लड्नुपर्ने वैचारिक अस्त्र, इतिहास, राजनीति, दर्शन र दृष्टिकोणहरूको औचित्य नरहेको निश्कर्ष निकाले ।

पुँजीवाद हावी भएको समाजमा सिद्धान्त, दर्शन, राजनीति, दृष्टिकोण र विचार प्रधान हुँदैन । सिंगो अर्थराजनीतिक भाष्यलाई विचारले नेतृत्व गर्दैन । सवै आयामहरू कर्मकाण्डी, औपचारिक, देखावटी र आडम्वरी भए पुग्छ । निश्चित विचार, दृष्टिकोण, एजेण्डा र मूल्यमान्यता केही चाँहिदैन । सही, वस्तुवादी र तथ्यपरक हुनुपर्दैन । अमूक नारा, वनीवनाउ माहौल, प्रायोजित प्रचार, रुपवादी आडम्वर र उपभोगवादी रङ्गमञ्च भए पुग्छ ।

लगभग अहिलेको विश्व यस्तै रुपवादी अमूर्त आश्वासन, हल्ला र ढोंगद्वारा निर्देशित देखिन्छ । यसको वछिटा नेपाली राष्ट्रिय राजनीतिमा पनि राम्रैसँग पर्न थालेको छ । सहरी चुनावी परिणामलाई नियाल्दा यसको पुष्टी हुन्छ ।

विचार अनुसारको राजनैतिक व्यवस्थापन नहुनु

     मानव समाजको इतिहास भनेको आन्दोलनको इतिहास हो । यो निश्चित विचार र दृष्टिकोणद्वारा निर्देशित हुन्छ । आन्दोलनले नै समाजलाई गतिशील राख्दछ । यही गतिशीलताकै बलमा समाजमा परिवर्तन हुने गर्दछ । अपवादवाहेक परिवर्तन भनेको पश्चगामी र गैरन्यायिक हुँदैन । यसले प्रायः न्याय र समानता सहितको प्रगतिशील आधारभूत चरित्र वोकेको हुन्छ । यसरी मानव समाजलाई उन्नत वनाउने अष्त्र भनेको राजनैतिक विचारद्वारा निर्देशित आन्दोलनले नै हो ।

यही राजनैतिक नियमअनुसार नै सिंगो मानव समाजको इतिहासमा भीषण राजनैतिक संघर्षहरू हुँदै आएको देखिन्छ । यही शास्वत नियमअनुरुप नेपालको इतिहासमा पनि ठूल्ठूला आन्दोलन भए । यस्ता आन्दोलनले आमजनतामा व्यापक राजनैतिक जागरण र सचेतना ल्यायोे । राजनैतिक आन्दोलन भनेको के हो र यसले समाजमा कस्तो भूमिका खेल्न सक्छ भन्ने सवालमा आम नागरिकमा स्पष्ट मार्गचित्र कोरिदियो । समाजको पुराना हरेक आयामहरूमा उथलपुथल ल्याएसँगै नितान्त नयाँ राजनैतिक वहसको थालनी गरिदियो ।

     विशेष गरी दश वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनसम्म आउँदा समाजमा विद्यमान शोषण, विभेद, वेथिति र विसंगतिहरू विरुद्ध कडा चुनौती खडा गरिदियो । असमानता, अन्याय र विभेदविरुद्ध जनलहर सिर्जना भयो । सवै वर्ग, जाति, क्षेत्र र लिङ्गका नागरिकले आफूमाथि भइरहेको उत्पीडन र विभेद पहिचान गर्न सक्ने भए । यहाँसम्म कि साधारण नागरिकमा पनि नागरिक अधिकारको कुरा गर्न सक्ने सचेत हैसियत स्थापित भयो । अर्थात् आफूमाथि हुँदै आएको उत्पीडनलाई बुुभ्mने न्यूनतम चेतना पैदा भयो । यो महत्वपूर्ण उपलव्धि हो । समाजका प्रत्येक अंगहरूमा न्याय, समानता र परिवर्तनको कुरा गर्ने राजनैतिक वातावरण बन्यो ।

     त्यतिमात्र होइन, आन्दोलनकै कारण सिंगो नेपाली राजनीतिमा कम्युनिष्ट भाष्य हावी हुन पुग्यो । सवै वर्ग, जाति, क्षेत्र र लिङ्गका कुरा, उत्पीडन र विभेदका कुरा, धनी र गरीबका कुरा, सामूहिक र निजी कुरा, किसान र मजदुरका कुरा, अल्पसंख्यक र सिमान्तकृतका कुरा अनि समाजवाद र साम्यवादका कुरा गर्ने हैसियत वनाए ।

यसरी आम जनतामा कम्युनिष्ट रुझान व्यापक रह्यो । आन्दोलनकै कारण उनीहरूमा जनवाद, समाजवाद र साम्यवादको वहस गर्ने राजनैतिक चेतना पैदा भयो । समानता र न्यायको कुरा गर्न सक्ने भए । अन्याय र विभेदहरू विरुद्ध वोल्न सक्ने भए । भूइँतहमा पनि शासकीय पहुँच र सहभागिताको अपेक्षासँगै व्यवहारिक अभ्यास आरम्भ भयो । सवैलाई शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्यसम्प्रभुता र आवास जस्ता आधारभूत मौलिक नागरिक अधिकारको वकालत गर्न सक्ने वस्तुगत आम धरालत बन्न पुग्यो ।

     तर साधारण जनताका यस्ता विचार, भावना, चाहना र उद्धेलनालाई सही र उचित व्यवस्थापन गर्न सक्ने क्रान्तिकारी कम्युनिष्ट आन्दोलन व्यवस्थापकीय हैसियतमा रहेन । केही भएका पनि कि त सिद्धान्त, विचार र दृष्टिकोणीय आधारमा विचलित भए भने कि त अंकगणितद्वारा निर्देशित संसदीय राजनीतिमा आवश्यक अंकगणितीय उपस्थिति कायम गर्न सकेन ।

यस्तो वस्तुगत राजनैतिक धरातलमा जनताका असीमित चाहनाहरू लगाम विनाको सिकारु घोडा दगुरेजस्तै जता पायो, त्यतै भड्किन थाल्छ । विशेषतः सहरी मतदातामा अस्थीर मानसिकताले घर गर्नुमा आन्दोलनले सिर्जना गरेको वस्तुगत र आत्मगत धरातल अनुरुपको  व्यवस्थापकीय पक्षमा अन्तरनिहीत अन्तरविरोध नै हो । यसमा अरुको भर परेर हुँदैन । यहाँ सम्मको राजनैतिक धरातल बनाउने कम्युनिष्ट शक्ति नै सबैभन्दा वढी जिम्मेवार वन्न जरुरी देखिन्छ । अन्यथा यो क्रम झनै बढ्ने खतरा छ ।

एजेण्डा अनुसारको कार्यान्वयन नहुनु

      दश वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनको जगमा निर्मित २०७२ सालको संविधानसम्म आउँदा नेपालमा गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समावेशी, समानुपातिक लगायतका अग्रगामी राजनैतिक एजेण्डाहरू आमरुपमै स्थापित भएको छ । यो आम खुशीको कुरा हो । जनताले पनि यी एजेण्डाहरूको उचित व्यवस्थापनकै जगमा उन्नत समाजको परिकल्पना गरिरहेका छन् ।

यस्ता नयाँ एजेण्डाहरूबाट के कस्ता गुणात्मक परिणामहरू अनुभूत गर्न पाइने हो भन्नेमा आम नागरिक त्यसमा पनि वहुसंख्यक उत्पीडित जनसमुदाय व्यग्र आशावादी भएका छन् । उनीहरूमा एक खालको सकारात्मक विश्वास, उत्सुकता र जिज्ञासा जागिरहेको छ ।

तर यस्ता अग्रगामी एजेण्डाहरूमा सवै राजनैतिक पार्टीहरूको समान धारणा थिएन, आज पनि छैन र भोलि पनि हुनेवाला छैन । यो हाम्रो राष्ट्रिय राजनीतिको अन्तरविरोधपूर्ण सच्चाई हो । यही सिलसिलामा हामीले सुनियोजित राजनैतिक घटनाक्रमहरू सामना गर्नु प¥यो । यस्तो घटनाक्रमले तमाम् एजेण्डा जन्माउने शक्तिलाई गणितीय दृष्टिमा नितान्त सानो साइजमा ल्याइदियो । चुनावको लागि, जनतालाई गुमराहमा राख्नको लागि एजेण्डा स्वीकारेको वहाना गर्ने शक्तिहरू निर्णायक बन्न पुगे । तव यही विन्दुबाट राजनैतिक फेरो खुस्किएको वा खुस्क्याइएको साँचो हो ।

     यहाँसम्म कि नेपालमा गणतन्त्र ल्याउँछु भन्नु भनेको गोरुगाडा चढेर अमेरिका पुग्नु जस्तै हो भन्ने पार्टी वा नेताको हातमा सबै राजकीय सत्ताको लगाम पुग्यो । विचरा गणतन्त्र जन्माउने आमा अंकगणितीय त्रिपाशा खेलको निर्मम नियम अन्तरगत भौतिक शरीर नै लिलाम गर्नुपर्ने अवस्थामा पुगिन् । जन्म दिने आमाले भोगिरहेको यस्तो मार्मिक पीडा न त त्यो गणतन्त्ररुपी वच्चाले महसुस गर्न सक्छ, न त  प्रशव पीडा, जैविक र सामाजिक दायित्व विनै ममत्व ग्रहण गरेर स्वार्थ सिद्ध गर्ने पार्टी वा नेताहरूलाई थाहा छ । वच्चाको लालन–पालन र भविष्यप्रति कुनै चिन्ता र चासो छैन ।

उल्टै षड्यन्त्र र ढाँट्ढुट पारेर नक्कली आमा बनेरै भएपनि त्रिपाशा खेल जितेकोमा हर्षवढाई गरिरहदा जनताले के भन्छन् भनेर किञ्चित पनि सोंचेनन् । हामी विना पृथ्वी घुम्दैन भने जसरी घमण्डमा फुलिएर बसे । तर यसले स्वयं एजेण्डा जन्माउने आमा ढाँटिए वा झुक्किए पनि प्रशव पीडा देख्ने वा झेल्ने छिमेकीहरूको नजर ढाँट्न सकिदैन । यो कुरा उनीहरूले बुझेनन् ।

    यसरी एजेण्डाहरूमाथि लात मार्ने क्रम वयलगाडामा मात्रै सीमित भएन । आज त त्यसैको विकसित अभिव्यक्ति श्रीपेच सहितको राजतन्त्र, हिन्दू राज्य, खर्चको कारण देखाउँदै संघीयता खारेजीको कुरा, क्षमता र ज्ञान नभएको दुःखी गरीब, अल्पसंख्यक र सिमान्तकृतहरूलाई अनावश्यक माथिल्लो तहमा सहभागिता बढ्यो भन्दै समावेशी खारेजीको माग गरिरहेका छन् ।

हिजो आप्mनै मुखिया प्रणाली अन्तरगत दमित वर्ग तथा समुदायहरू एकाएक समानुपातिक निर्वाचन प्रणालीमार्पmत् आफू सरह पहुँच कायम भएको देख्नु र भोग्नु पर्दा सम्भ्रान्तहरूले समानुपातिकमाथि पनि गिद्दे नजर लगाइरहेका छन् । विडम्वना नै भन्नु पर्छ, आज वयलगाडे धारणामा अरु थुप्रै साथ सहयोगहरू बढिरहेको छ । उदाहरणको लागि राप्रपा र रास्वपा र अन्य स्वतन्त्रहरू यसका सहयोगीहरू हुन् भन्ने कुरा उनीहरूको बोली र व्यवहारबाट प्रष्ट भइरहेको छ ।

     त्यसैले राष्ट्रिय राजनीतिमा अग्रगामी एजेण्डाहरूको सही व्यवस्थापन नहुनु नै भद्रगोलता, निराशा र कुण्ठाको कारण हो । जन्माउने आमाको स्याहार संभार नहुनुको परिणाम हो । यस्ता एजेण्डाहरूको सही व्यवस्थापन नभएसम्म यो क्रम झनै बढ्ने खतरा छ । एजेण्डाहरूलाई यसको सारभूत राजनैतिक मर्मअनुरुप अघि बढाउनु आजको अहम् आवश्यक्ता हो ।

अन्यथा रुपवादी माहौलमा कोही सत्ता वा शक्तिमा निर्वाचित भएर आउला अनि भौतिक शक्ति पनि आर्जन गर्ला । तर उनीहरू बनीबनाउ रुपमा विद्यमान प्रश्नहरूको दीर्घकालिक समाधानको विकल्प भने हुन सक्दैनन् ।

विचार अनुसारको आचार नहुनु

     जहाँ गरिबी वा समस्या, त्यहाँ राजनीति भन्ने उक्ति चरित्रार्थ गर्दै नेपाली समाज पनि राम्रैसँग राजनीतिकरण भएको छ । यहाँ थुप्रै राजनैतिक आन्दोलनहरू भएका छन् । यसले आम राजनैतिक जागरण मात्र ल्याएको छैन, सिंगो मुलुकको व्यवस्था नै परिवर्तन गरेको छ ।

यसमा पनि विशेष गरी कम्युनिष्ट विचारद्वारा निर्देशित आन्दोलनहरू धेरै भएका छन् । यही विचारले आमूल परिवर्तन पनि संभव हुँदै आएको छ । मूलतः नेपाली समाजलाई कम्युनिष्ट विचारले नै नेतृत्व गरिरहेको देखिन्छ । तर कम्युनिष्ट विचार अनुरुपको आचारको अभाव खट्किएको छ ।

आन्दोलन वा संघर्षको सिलसिलामा त्याग, वलिदान, साहस, श्रम सँस्कृति, सादा जीवनशैली, कार्यशैली वा जनदिशा लागु गर्न प्रतिवद्ध आम पार्टी, नेता र  कार्यकर्ता पंक्ति आन्दोलनको प्रक्रियाको समाप्ती वा स्थगनसँगै निरन्तरता दिन सकिरहेको देखिदैन । यो हामी आम कम्युनिष्ट नेता तथा कार्यकर्ताहरूको लागि गम्भीर समीक्षाको सवाल हो । यद्यपि आन्दोलनको प्रक्रिया विनाको रुपान्तरण कठिन पनि हुन्छ ।

     त्यति मात्र होइन, आन्दोलनको क्रममा न्याय, समानता र सामूहिकताको वकालत गर्ने पार्टीहरू आन्दोलनपछि एकाएक व्यक्तिगत वा निजी स्वार्थसँग जोडिदै जाँदा जे पायो, त्यही गर्ने अवस्थामा पुग्नु अर्को चुनौती हो । अर्थात् नीति अनुसारको कार्यदिशा र कार्यदिशा अनुसारको कार्यक्रम नहुँदा आम नागरिकमा गम्भीर विभ्रम पैदा हुने गर्दछ ।

एउटै चुनावी कार्यदिशाको कारण कम्युनिष्ट र गैरकम्युनिष्ट, राजावादी र गणतन्त्रवादी अनि क्रान्तिकारी र दक्षिणपन्थीहरू सवै उस्तै देखिदैछन् । वस्तुतः सवैलाई एउटै फुर्लुङमा कोच्नु हुँदैन । परिणामतः आम नागरिकमा सबै उस्तै रहेछ भन्ने विभ्रम पैदा भइरहेको छ । तब निर्वाचनमा मतदाताहरू भड्किने संभावना वढी हुने गर्दछ ।

     अन्त्यमा, वस्तुतः उपभोगवादी अर्थराजनीतिक सँस्कृति हावी भएको समाजमा निश्चित राजनैतिक सिद्धान्त, विचार, दृष्टिकोण र मूल्यमान्यताहरू निर्णायक हुँदैन । राजनीति आधारभूत लक्ष्मणरेखा बाहिर गइरहेको हुन्छ । विधि, प्रक्रिया र पद्यति संस्थागत हुँदैन । गाउँभन्दा सहरी भौतिक परिवेश उपभोगवादको लागि वढी संवेदनशील हुने गर्दछ । किनकि विश्व उपभोगवादी अर्थराजनीतिक संस्कृतिसँग उनीहरूको जीवन्त र समानान्तर साइनो सम्वन्धहरू सहजै समायोजन हुने गर्दछ । सही राजनैतिक कमाण्डले मात्र यसको समाधान दिन सक्दछ ।

     यद्यपि बहकिएको मतदाता भन्दै सतही विश्लेषण गरेर मात्र समस्याको वस्तुवादी चुरो भेट्न सकिदैन । चुरो नभेट्टाएसम्म समाधान भेटिदैन । त्यसैले, यसको वस्तुवादी र वैज्ञानिक निकास भनेको सिद्धान्त अनुसारको व्यवस्थापन, दृष्टिकोण अनुसारको नेतृत्व, एजेण्डा अनुसारको कार्यान्वयन, विचार अनुसारको आचार, दृष्टिकोण अनुरुपको जीवनशैली वा कार्यशैली, नीति अनुसारको कार्यदिशा र कार्यक्रम अनि बोली अनुसारको व्यवहार प्रदर्शन गर्नु अनिवार्य हुन्छ ।

त्यसैले, जिम्मेवार राजनैतिक शक्तिहरूले निर्मम समीक्षा गर्दै रुपान्तरित भएर अझ इमान्दार र जिम्मेवार वन्न जरुरी छ । व्यवहारतः अविश्वासको दागहरू मेटाउनु पर्दछ । निर्वाचनमा अभिव्यक्त अभिमतले एक हदसम्म यही वस्तुगत आवश्यक्तालाई संकेत गरिरहेको देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

राजेन्द्र किराती
राजेन्द्र किराती
लेखकबाट थप